प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी
सारांश
- म्याग्दीकी एक किसानले प्याजको बिरुवा बेचेर एक लाखभन्दा बढी आम्दानी गरिन्।
- उनले दुई महिनामै एक रोपनीभन्दा कम जमिनमा बिरुवा बिक्री गरिन्।
- स्थानीय किसानहरूलाई करेसाबारीमा प्याज खेती गर्न सहज भएको छ।
म्याग्दी । धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेकी छन् ।
ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । उनले गत कात्तिक दोस्रो साता छ किलोग्राम प्याजको बीउ जमाएकी आचार्यले पुस दोस्रो हप्तासम्म रु एक लाखको बिरुबा बिक्री भएको बताइन् ।
“पहिलो चरणमा उत्पादन गरेको बिरुवा बिक्री हुने अन्तिम चरणमा छ, माघमा लगाउनका लागि बिरुवाको माग आएपछि थप बीउ जमाएको छु”, उनले भनिन्, “एक रोपनी क्षेत्रफल बारीमा उमारेको प्याजको बिरुवाबाट दुई महिनामै रु एक लाखको बिरुवा बिक्री भयो ।”
रु २५ हजार लगानी गरेकी आचार्यले सबै बिरुवा बिक्री गरिसक्दा करिब रु एक लाख ५० हजार आम्दानी हुने अनुमान गरेकी छन् । आचार्यले पछिल्लो तीन वर्षयता प्याजको बिरुवा उत्पादन गर्दै आएकी छिन् ।
उनको नर्सरीमा उत्पादन भएको प्याजको बिरुवा धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, ताकम, धारापानी, मराङ, मल्कवाङ, मालिकाको देवीस्थान र बिमका साथै पोखरामा पनि बिक्री भएको छ । फोन गरेर माग गर्ने किसानले घरबाटै खातामा पैसा पठाइदिन्छन् । बिरुवालाई प्याक गरेर गाडीमा राखेर किसानलाई पठाउने गरेकी छिन् । एक मुठा प्याजको बिरुवा रु एक सयका दरले बिक्री भएको छ । सानो बिरुवा दुई सय र ठुला बिरुवा एक सयभन्दा बढीको मुठा बनाउने गरिएको छ ।
हरियाली कृषि समूहका अध्यक्षसमेत रहेकी आचार्यले सङ्गम म्याग्दीले आयोजना गरेको तालिममा सहभागी भएर प्याजको बिरुवा उत्पादनसम्बन्धी सीप हासिल गरेका थिए । यसअघि ताकम कौछिनीका भेषनाथ गौतमले करिब दुई दशकसम्म प्याजका बिरुवा उत्पादन गर्ने गरेका थिए ।
गौतमले बिरुवा उत्पादन गर्न छाडेपछि धवलागिरि क्षेत्रका किसानले करेसाबारीमा प्याज खेती गर्न समस्या भएको थियो । नर्सरी सञ्चालनका लागि प्राविधिक ज्ञान, सीप र उपयुक्त हावापानी हुने भूगोलमा जमिन आवश्यक पर्छ । आचार्यले बिरुवा उत्पादन गर्न थालेपछि धवलागिरि र छिमेकी गाउँपालिकाका बासिन्दाले करेसाबारीमा प्याज खेती गर्न पाएका छन् । घरायसी उपभोगका लागि बजारबाट प्याज खरिद गर्नुपर्ने अवस्था कम हुने अपेक्षा गरिएको धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले बताए ।
समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा रहेको ताकमको हावापानी नर्सरी र बिरुवा उत्पादनका लागि अनुकूल मानिएको छ । चिसो हावापानीमा उत्पादन भएको बिरुवामा रोग, कीराको प्रतिरोधात्मक क्षमता र गुणस्तरीय हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण