भोजपुरे किसानका लागि आम्दानीको भरपर्दो स्रोत बन्दै सुन्तला खेती (तस्बिरहरू)
सारांश
- भोजपुरका किसानहरूका लागि सुन्तला खेती आम्दानीको राम्रो स्रोत बनेको छ।
- सडक पहुँच विस्तार भएपछि सुन्तलाले स्थानीय बजार मात्र नभई अन्य जिल्लाहरूमा पनि बजार पाएको छ।
- बगानमै ठेकेदारले खरिद गर्न थालेपछि खुद्रा बिक्रीको झन्झट हटेको किसानहरूको भनाइ छ।
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार बन्दै गएको छ । व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका यहाँका किसानले बजार विस्तारसँगै राम्रो मूल्य पाउन थालेपछि आर्थिक रूपमा सबल बन्दै गएका छन् ।
सडक पहुँच विस्तार भएपछि स्थानीय बजारमा मात्र सीमित रहेको सुन्तला अहिले बाहिरी जिल्लासम्म पुग्न थालेको छ । विगतमा यातायात सुविधा नहुँदा स्थानीय बजारमै भरपर्नु परेकोमा अहिले बगानमै ठेकेदार आएर सुन्तला खरिद गर्ने अवस्था बनेको स्थानीय किसानहरू बताउँछन् ।
_NlbpHb1Zxe.jpg)
बगान नै एकमुष्टमा ठेकेदारलाई बिक्री गर्न पाइने भएकाले खुद्रा बिक्रीको झन्झट हटेको किसानहरू बताउँछन् । यहाँ फलेको सुन्तला धरान, इटहरी, बिर्तामोड, विराटनगर, काठमाडौँलगायतका मुख्य सहरमा जाने गरेको छ ।
_8A6uerzX2C.jpg)
एकपटक रोपिसकेपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले सुन्तला खेती किसानको रोजाइमा परेको हो ।
_9OsxabUi3r.jpg)
_pNLtIGht92.jpg)
_S4EqAXPzvw.jpg)
_k9c9LiDZwL.jpg)
_mlUkOVz811.jpg)
_i0zbquy8Lm.jpg)
_G7kt8iCcOc.jpg)
_SJhHoDAxPL.jpg)
_1PD3EcBrA2.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यरातमा सुरु भयो सुदूरपश्चिमको बजेट भाषण
-
विश्वकपमा नवप्रवेशी केप भेर्डेले स्पेनलाई रोक्यो, गोलरहित बराबरी
-
पूर्वस्वास्थ्य अतिरिक्त सचिव डा. संगीता मिश्रसहित ८ जनालाई सफाइ
-
बगरलाई बगैँचा बनाउने अभियानमा जुट्दै युवा
-
मध्यरात ११ः३० बजे सुदूरपश्चिमको बजेट सार्वजनिक हुँदै
-
केप भर्डेका रक्षापंक्ति र गोलरक्षकको उत्कृष्ट बचाउ, पहिलो हाफमा स्पेनबाट निस्किएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण