विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकियो : विमलेन्द्र निधि
शुक्रबार, १८ पुस २०८२, १५ : २४
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे बताएका छन् ।
कार्यसम्पादन समिति बैठकमा भाग लिन शुक्रबार पार्टी केन्द्रीय कार्यालय पुगेका निधिले पत्रकारहरूसँग नियमित महाधिवेशनको कार्यतालिका ल्याएपछि विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् । ‘विशेष महाधिवेशनको औचित्य मंसिर १५ गते नै सकिएकाे छ,’ निधिले पत्रकारहरूसँग भने ।
पत्रकारहरूले विशेष महाधिवेशनका लागि हल बुक भइसक्यो । हुने निश्चित भयो भन्ने प्रश्नमा छोटो जवाफ दिँदै भने, ‘कसले भन्छ हुन्छ भनेर, हुँदैन ।’
पार्टी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनको तयारीमा लागेको निधिले बताए । पत्रकारहरूले पार्टीभित्र देखिएको विवादमा कसरी अगाडि बढ्नुहुन्छ भन्ने प्रश्नको जवाफ भने दिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण