कार्यसम्पादन समितिको पहिलो निर्णय : मंसिर १५ गतेबाट विशेष महाधिवेशनको औचित्य सिद्धियो
सारांश
- नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको मागको औचित्य सकिएको निर्णय गर्यो।
- बैठकले पार्टीको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार प्रक्रिया अघि बढेको जनाएको छ।
- महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले निर्णयमा फरक मत राखे।
काठमाडौँ । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले गत मंसिर १५ गतेदेखि पार्टीमा विशेष महाधिवेशन माग गर्दै दर्ता भएको पत्रको औचित्य सकिएको निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार दिउँसो बसेको बैठकले गत मंसिर १५ गते केन्द्रीय कार्यसमिति बैठकले नियमित महाधिवेशनको कार्यतालिका ल्याउने निर्णय गरिसकेपछि विशेष महाधिवेशन माग्दै दर्ता भएको हस्ताक्षरसहितको पत्रको औचित्य सकिएको निर्णय गरेको हो ।
बैठकको पहिलो निर्णयमा लेखिएको छ,'मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका सर्वसम्मत निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रक्रिया अघि बढी सकेको सबैलाई अवगत नै छ । यसरी नियमित १५ औँ महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रक्रिया अघि बढिसकेको सन्दर्भमा “विधान बमोजिम समयमै नियमित १५ औँ महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन” गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ ।'
कार्यसम्पादन समितिको यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुलाह मनसुर र कार्यसम्पादन समिति सदस्यद्वय अर्जुन नरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण