शाहरुख खानलाई किन भनिँदैछ देशद्रोही ?
सारांश
- शाहरुख खानले आईपीएल लिलामीमा बंगलादेशी खेलाडी किनेपछि विवाद सुरु भएको छ।
- भाजपा नेताहरूले शाहरुखलाई देशद्रोहीको आरोप लगाउँदै फिल्म बहिष्कार गर्न आह्वान गरेका छन्।
- साधुसन्त र विभिन्न संघसंस्थाहरूले शाहरुखको कदमको विरोध गर्दै केकेआरको बहिष्कार गर्न आग्रह गरेका छन्।
मुम्बई । बलिउडका किङ शाहरुख खान फेरि विवादको केन्द्रमा परेका छन्। इन्डियन प्रिमियर लिग (आईपीएल) को लिलामीमा बंगलादेशी क्रिकेटर मुस्तफिजुर रहमानलाई आफ्नो टिम कोलकाता नाइट राइडर्स (केकेआर) का लागि ९ करोडभन्दा बढीमा किनेको घटनाले ठुलो हङ्गामा मच्चाएको छ।
यो कदमबाट भारतीय जनता पार्टी (भाजपा) का नेता सङ्गीत सोमले शाहरुखलाई देशद्रोहीसम्म भनेका छन्। उनको यो विवादास्पद टिप्पणीले सामाजिक सञ्जालदेखि सडकसम्म बबाल मच्चिएको छ। जिल्ला अध्यक्ष मीरा राठौडले त शाहरुखको जिब्रो काट्नेलाई १ लाख रुपैयाँ इनाम घोषणा गरेकी छिन्।
बाङ्ग्लादेशमा हिन्दुहरूमाथि लगातार उत्पीडन र हत्या भइरहेको समयमा शाहरुखको यो निर्णयले देशभर विरोधको आगो बलेको छ। कथावाचकदेखि साधु-सन्तसम्मले उनको कडा विरोध गरेका छन्। इलाहाबादमा जारी माघ मेलामा पुगेका साधु-सन्तहरूले शाहरुखलाई देशद्रोही घोषणा गरेका छन्। बाङ्ग्लादेशमा हिन्दुहरूको हत्या हुँदा शाहरुखले कुनै प्रतिक्रिया दिएनन्, तर बाङ्ग्लादेशी खेलाडीलाई टिममा सामेल गरेर जनभावनाको अपमान गरेको उनीहरूको भनाइ छ। साधु-सन्तहरूले हिन्दुहरूलाई शाहरुखका फिल्महरू बहिष्कार गर्न आह्वान गरेका छन्।
विवाद यतिमै सीमित छैन। अखिल भारतीय दण्डी सन्न्यासी परिषद्का संरक्षक स्वामी महेशाश्रम महाराजले शाहरुखलाई देशबाट निकाल्नुपर्ने बताएका छन्। अध्यक्ष स्वामी ब्रह्माश्रम महाराजले उनको फिल्महरू बहिष्कार गर्न माग गरेका छन्। दण्डी सन्न्यासी स्वामी शङ्कराश्रम महाराजले त बीसीसीआई अध्यक्ष जय शाहलाई केकेआरलाई आईपीएलबाट हटाउन र टिममाथि प्रतिबन्ध लगाउन माग गरेका छन्। यदि यो भएन भने कुनै पनि हिन्दुले केकेआरको मैचको टिकट नकिन्नु र टिमको पूर्ण बहिष्कार गर्नुपर्ने उनको भनाइ छ।
यो पूरै विवादमा बीसीसीआईले भने सतर्कता अपनाएको छ। बोर्डले ‘वेट एण्ड वाच’ नीति अपनाउँदै सरकारबाट कुनै निर्देशन नआउन्जेल कुनै खेलाडीमाथि प्रतिबन्ध नलगाउने स्पष्ट पारेको छ। बोर्डका एक वरिष्ठ अधिकारीले भने, ‘स्थिति संवेदनशील छ, तर बाङ्ग्लादेश शत्रु राष्ट्र होइन र मुस्तफिजुरलाई आईपीएल खेल्न कुनै रोक छैन।’
विवादको सुरुवात कथावाचक देवकीनन्दन ठाकुरबाट भएको थियो, जसलाई धीरेन्द्र शास्त्री र स्वामी रामभद्राचार्यले समर्थन गरेका छन्। देवकीनन्दनले यदि यो खेलाडी टिममा राखियो भने केकेआरलाई बहिष्कार गर्नुपर्ने बताएका थिए। सामाजिक सञ्जालमा पनि देवकीनन्दनको पक्षमा ठूलो समर्थन देखिएको छ।
भाजपा नेता सङ्गीत सोमले फेरि तीखो बयान दिँदै भनेका छन्, ‘बंगलादेशमा बलात्कार, हिन्दुहरूमाथि अत्याचार, व्यापारीहरूको हत्या र उनीहरूको व्यापार जलाउने घटनाहरू भइरहँदा त्यहाँका खेलाडीहरूको समर्थन गर्नु बुझ्न नसकिने कुरा हो। शाहरुख जस्ता व्यक्तिहरू भारतीय खेलाडीहरू नकिनेर बंगलादेशी किनेर आफ्नो गद्दारी प्रमाणित गरिरहेका छन्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण