व्यवसाय गर्ने वातावरण नभएसम्म आर्थिक गतिविधि चलायमान हुँदैन : अध्यक्ष ढकाल
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले व्यवसायमैत्री वातावरणको अभावबारे चिन्ता व्यक्त गरे।
- उनले निजी क्षेत्रमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गरे र सुरक्षाको सुनिश्चितता खोजे।
- उद्योग वाणिज्य संघ चितवनको साधारण सभामा व्यवसायीका हकहित र नयाँ कार्यसमिति चयनबारे छलफल भयो।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सहज रूपमा व्यवसाय गर्ने वातावरण नभएसम्म मुलुकको आर्थिक गतिविधि चलायमान नहुने बताएका छन्। उद्योग वाणिज्य संघ चितवनको ५९ औँ साधारण सभालाई शनिबार सम्बोधन गर्दै ढकालले अझै पनि उद्योगी र व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण सकारात्मक हुन नसकेकोमा चिन्ता व्यक्त गरेका हुन्।
उनले राज्य र समाजले व्यवसायीलाई हेर्ने नजर नफेरियलेसम्म लगानीको वातावरण नबन्ने स्पष्ट पारे। हालैको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि निकै ठूलो भौतिक र मानसिक आक्रमण भएको उल्लेख गर्दै ढकालले ती घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गरे।
दोषीलाई कारबाही नभएसम्म आगामी दिनमा पनि निजी क्षेत्र असुरक्षित भइरहने उनको ठम्याइ छ। निजी क्षेत्रका उद्योग प्रतिष्ठानमा आक्रमण हुन नदिने प्रतिबद्धता प्रधानमन्त्री सुशीला कार्कीले जनाएकाले सरकारले आवश्यक सुरक्षा दिनेमा आफू विश्वस्त रहेको उनले बताए।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन श्रेष्ठले संघले व्यवसायीहरूको हकहितका लागि निरन्तर काम गरिरहेको जानकारी दिए। उद्योगीहरूका समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारको पटक-पटक ध्यानाकर्षण गराइएको उनले बताए।
साधारण सभाको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। यो साधारण सभाले आगामी दुई वर्षका लागि संघको नयाँ कार्यसमिति समेत चयन गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण