रास्वपा केन्द्रीय समितिको बैठक बस्दै
आइतबार, २० पुस २०८२, ०७ : ०७
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।
- बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरण लगायतका विषयमा छलफल गर्नेछ।
- बैठक दिउँसो १ बजे पार्टी कार्यालय, वनस्थली, काठमाडौँमा बस्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणलगायतका विषयमा छलफल गर्ने जनाइएको छ ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थली, काठमाडौँमा बस्ने रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
बैठकको कार्यसूचीमा पार्टी समायोजन, विस्तार एवं सुदृढीकरण सम्बन्धमा छलफल र विविध विषयहरू समावेश छन् । केन्द्रीय समितिका सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण