मधेस प्रदेशका पूर्वप्रमुख झाविरुद्धकाे जबर्जस्ती करणी मुद्दामा सुनुवाइ हुँदै
सारांश
- मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणीको मुद्दा सुनुवाइ हुने भएको छ।
- युवतीले झाविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएपछि उनी पक्राउ परेका थिए, र हाल उनी पुर्पक्षका लागि थुनामा छन्।
- अभियोग पत्र अनुसार, झालाई ७ देखि १० वर्ष कैद सजाय र जरिवानाको माग गरिएको छ, झाको बयानमा घटना झुटो रहेको दाबी छ।
काठमाडौँ । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरुद्ध जबर्जस्ती करणी कसुरमा मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ । झाको मुद्दा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश रामकृष्ण खड्काको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
गत साउन १४ गते जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा छन् । अहिराजविरुद्ध नयाँ बानेश्वरीकी २३ वर्षीया युवतीले जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीपछि अहिराज गत ४ साउनमा पक्राउ परेका थिए । करिब नौ दिनको अनुसन्धानपछि जिल्ला प्रहरी परिसर काठमाडौँले अहिराजविरुद्धको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको थियो । २३ वर्षीया युवतीले आफूलाई अहिराजले बानेश्वरस्थित डेरामा आएर घाँटी र मुख थिचेर बलात्कार गरेको दाबी गरेकी छन् ।
अदालतमा दर्ता भएको अभियोग पत्रअनुसार अहिराजले ४ जेठ ०८१ मा युवतीलाई बलात्कार गरेका थिए । त्यसपछि उनले घटना सार्वजनिक नगर्न ज्यान मार्ने धम्की दिएका थिए । बलात्कृत युवतीले प्रहरीसमक्ष दिएको बयानअनुसार अहिराजले पैसा र पावर हुनेको कानुन रहेको भन्दै मुख थुनेर बलात्कार गरेका थिए ।
‘मेरो मुख थुनी मलाई बिस्तारामा पछार्नुभयो । हल्ला गर्ने, चिच्याउने काम गरेमा तेरो आफ्नै बेइज्जत हुन्छ । म त छोरा मान्छे, मलाई केही हुने होइन भन्दै धम्की दिई मेरो घाँटी, मुख बेस्सरी थिच्न थाल्नुभयो । चिच्याइस् भने करणी गरी मारिदिन्छु । तेरो घरका व्यक्तिहरू पनि यहाँ छैनन् । तँलाई कसले मार्यो कसैलाई पनि थाहा हुँदैन, नेपालमा पैसा र पावर हुनेकै कानुन छ भन्दै धम्की दिँदै मेरो अस्मिता लुटियो,’ पीडित युवतीले बयानमा भनेकी छिन् ।
दर्ता भएको मुद्दाअनुसार अहिराजविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम सातदेखि १० वर्ष कैद सजायसहित जरिवानासमेत मागदाबी गरिएको छ ।
‘मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र उपदफा (२) बमोजिम जबर्जस्ती करणीको कसुर गर्ने निज प्रतिवादी राजेश अहिराज भन्ने राजेश झालाई सोही संहिताको दफा २१९ को उपदफा (३) को खण्ड (ङ) बमोजिम कैद सजाय गरी पाउन साथै मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (३ क) को खण्ड (ग) बमोजिम जरिबाना मागदाबी गरिएको छ,’ अभियोगपत्रमा छ ।
बयानमा क्रममा अहिराजले भने घटना झुटो रहेको दाबी गरेका छन् । मागबमोजिमको २० लाख रुपैयाँ नदिएपछि जाहेरीकर्ताले आफूलाई फसाएको उनले बयानमा भनेका छन् । ‘जाहेरवालाहरूको षड्यन्त्र समाजमा सार्वजनिक भएको आक्रोश र आपराधिक लाभ (एक्सटर्सन) को दर्ता भएको जानकारी पाउँदा जाहेरवालाले रिस खप्न नसकी बदलाको भावनामा आई ममाथि बनावटी काल्पनिक र झुटा आरोप लगाएकी हुन्,’ उनको बयान उद्धृत गर्दै प्रतिवेदनमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण