मकवानपुर-१ मा एमालेबाट ७ जना सिफारिस, निवर्तमान सांसददेखि गाउँपालिका अध्यक्षसम्म
सारांश
- नेकपा (एमाले) मकवानपुरले प्रतिनिधि सभा निर्वाचनका लागि सम्भावित उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ।
- सिफारिसमा चार पटक निर्वाचन जितेका कृष्णप्रसाद दाहालदेखि प्रदेश सांसद र गाउँपालिका अध्यक्षसम्मका नेताहरू रहेका छन्।
- राप्रपाबाट दीपक बहादुर सिंह र कांग्रेसबाट महालक्ष्मी उपाध्याय लगायतका नेताहरूको नाम चर्चामा रहेको छ।
मकवानपुर । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ ले सम्भावित उम्मेदवारहरूको नामावली सिफारिस गरेको छ। निर्वाचन क्षेत्रीय कमिटीको बैठकले सो क्षेत्रबाट चुनाव लड्न सात जना नेताको नाम माथिल्लो कमिटीमा पठाउने निर्णय गरेको हो।
सिफारिसमा यसअघि चार पटकसम्म निर्वाचन जितेका कृष्णप्रसाद दाहालदेखि बहालवाला प्रदेश सांसद र गाउँपालिका अध्यक्षसम्म समेटिएका छन्। सिफारिस गरिएका नामहरूमा एमाले केन्द्रीय सदस्यद्वय रामेश्वर राना र एकालाल श्रेष्ठ रहेका छन्। श्रेष्ठ हाल बागमती प्रदेशसभा सदस्य हुन्।
यस्तै, एमाले मकवानपुरका उपाध्यक्ष तथा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाको नाम पनि उम्मेदवारका रूपमा सिफारिस भएको छ। पूर्व राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, मदनकुमार दाहाल र नारायण सापकोटा पनि आकांक्षीका रूपमा सिफारिसमा परेका छन्।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि राप्रपाबाट दीपक बहादुर सिंह एकल सिफारिस भइसकेका छन् भने कांग्रेसबाट महालक्ष्मी उपाध्याय ‘डिना’ सहित तीन जनाको नाम चर्चामा छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण