मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

धर्ममा खलल पुर्‍याउनेलाई कारबाही गर्ने निर्णय

आइतबार, २० पुस २०८२, १७ : ३६
आइतबार, २० पुस २०८२

काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले अर्काको धर्ममा खलल पुर्‍याउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने निर्णय गरेको छ । 

गृह मन्त्रालयमा आइतबार बसेको बैठकले मधेस प्रदेशमा देखिएको धार्मिक घटनाक्रमको समीक्षा गर्दै अर्काको धर्ममा खलल पुराउनेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने र धार्मिक सद्भाव र सहिष्णुता बढाउनका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए ।

मधेसका जिल्लामा धार्मिक सद्भाव र सहिष्णुता बढाउनको लागि स्थानीय प्रशासनहरूले समन्वयात्मक रूपमा प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने र स्थानीय तहहरूलाई पनि यस्ता कार्यक्रमहरू सञ्चालन गर्नका लागि अनुरोध गरिएको उनले बताए । 

त्यसैगरि निर्वाचनका सन्दर्भमा भइरहेको तयारीका बारेमा पनि सुरक्षा निकायसँग जानकारी लिइएको प्रवक्ता काफ्लेले जानकारी दिए । 

उनले फरार कैदीबन्दी खोजी अभियानलाई वडा तहमा पुगेर पनि थप प्रभावकारी ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्ने विषयमा छलफल भएको बताए । 

उनले सोमबार राष्ट्रिय मानवअधिकार आयोग लगायतका संवैधानिक आयोगहरूसँग सुरक्षा निकायसहित छलफल गर्ने तय भएको उल्लेख गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप