बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सङ्घीयतालाई स्वीकार गरेर अघि बढ्ने सहमति

आइतबार, २० पुस २०८२, १९ : ०२
आइतबार, २० पुस २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सङ्घीयता र पहिचानको विषयलाई स्वीकार गरेर अघि बढ्न सबै पक्ष सहमत भएका छन् । 

रास्वपासँग एकता गरेसँगै उज्यालो नेपाल पार्टी (उनेपा) पक्षका नेताहरूले सङ्घीयताको विषयमा स्पष्टता धारणा आउनु पर्ने माग गरेको थियो । सङ्घीयता र पहिचानको विषयमा रास्वपाका सभापति रवि लामिछाने पक्षले विगतदेखि विमति राख्दै आएका थिए । 

तर, उनेपाले सङ्घीयता र पहिचानको विषयमा स्पष्ट धारणा माग गरेको थियो ।

उक्त विषयमा दुवै पक्षका नेताबिच दुई दिनसम्म भएको वार्तापछि यो एजेन्डामा एकमत भएर अघि बढ्ने सहमति जुटेको तत्कालीन उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम लामाले जानकारी दिए । 

उनका अनुसार उज्यालो नेपाल पक्षले उठाएको सङ्घीयतालाई स्वीकार गरेर जाने सहमति भएको हो । पुस १४ मा पार्टी एकता भएपनि उक्त एजेन्डामा पछि छलफल गरेर सहमति गर्ने भनिएको थियो । 

उनले भने,‘अब एजेन्डाको विवाद सकियो । मुद्दामा विवाद थियो त्यो पनि सकियो । हिजो राति र आज बिहान बसेर टुङ्गो लगाएका छौँ ।’ 

सङ्घीयतालाई सबैले स्वीकार गर्न सहमत भएको उनले बताए । उनका अनुसार सङ्घीय संरचना मानेर जाने, गणतन्त्र र संविधान स्वीकार गर्ने सहमति भएको छ । 

शनिवार दोस्रो तहका नेता घण्टीघरमा वार्तामा बसेका थिए । रवि लामिछाने, बालेन्द्र(बालेन) शाह र कुलमान घिसिङबिच पनि शनिवार वार्ता भएको थियो । तीन नेताबिच वार्तापछि सहमति भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप