बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाले जाजरकोटबाट एमालेका ५ जना उम्मेदवार सिफारिस

आइतबार, २० पुस २०८२, १९ : १०
आइतबार, २० पुस २०८२

सुर्खेत । नेकपा एमाले जाजरकोटले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको छ ।

आइतबार बसेको जिल्ला कमिटीको बैठकले पार्टीका केन्द्रीय सदस्य निरज आचार्य, युवा नेता नारायण घर्ती, डम्बर सिंह, गणेश थापा र कौशीला खत्रीको नाम सिफारिस गरेको हो ।

जसमध्ये सम्भावित उम्मेदवार आचार्य, घर्ती नै हुन् । जाजरकोटमा बलियो समर्थन भएका आचार्य यसअघि ०७९ को प्रतिनिधि सभामा पनि उम्मेदवार थिए ।

कांग्रेससहितको समर्थन पाएका माओवादीका शक्ति बस्नेतसँग उनी पराजित भएका थिए । बस्नेतले ३४ हजार १५१ मत पाउँदा आचार्यले २५ हजार १२० मत पाएका थिए ।

एक्लाएक्लै चुनाव लडेको खण्डमा आचार्य अगाडि आउनसक्ने आकलन गरिएको थियो । किनकि यहाँ कांग्रेसको पनि मत बलियो रहेको विश्लेषण गरिएको छ ।

अर्को युवा नेता घर्ती विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । युवाहरूमाझ लोकप्रिय छन् । सिफारिस गरिएका अर्का नेता सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष हुन् भने ०७० को संविधान सभा र  ०७९ को प्रदेश (क) को प्रदेश सभामा पराजित नेता हुन् ।

यस्तै थापा जिल्ला कमिटी सदस्य हुन् भने कौशिला खत्री यसअघि ०७४ मा प्रदेश सभामा समानुपातिक सांसद थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप