फुलहाम र लिभरपुलबिच बराबरी
सारांश
- आइतबार सम्पन्न खेलमा फुलहाम र लिभरपुल २-२ को बराबरीमा रोकिए।
- फुलहामका ह्यारी विल्सनले गोल गर्दै अग्रता दिलाए भने ह्यारिसन रिडले बराबरी गोल फर्काए।
- यस बराबरीसँगै लिभरपुल लिगको चौथो स्थानमा छ भने फुलहाम ११औँ स्थानमा छ।
काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा फुलहाम र लिभरपुलबिचको २–२ को बराबरी भएको छ । घरेलु मैदानमा खेलेको फुलहामले अन्तिम समयमा गोल गर्दै एक अंक सुरक्षित गर्न सफल भयो ।
खेलको १७ औँ मिनेटमा ह्यारी विल्सनले गोल गर्दै फुलहामलाई अग्रता दिलाए । पहिलो हाफमा लिभरपुलले गोल फर्काउन नसकेपछि फुलहामले १–० को अग्रता लिएको थियो ।
दोस्रो हाफमा लिभरपुलले खेलमा पुनरागमन गर्यो । ५७ औँ मिनेटमा फ्लोरियन विर्ट्जले बराबरी गोल गरे। त्यसपछि अतिरिक्त समयमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए ।
तर खेल सकिनै लाग्दा फुलहामले नाटकीय मोड ल्यायो । अतिरिक्त ७ मिनेटको समयमा ह्यारिसन रिडले गोल गर्दै खेल २–२ को बराबरीमा समाप्त गराए ।
यस बराबरीसँगै लिभरपुल ३४ अंकसहित लिग तालिकाको चौथो स्थानमा रहेको छ । यता फुलहाम भने २८ अंक जोड्दै ११ औँ स्थानमा कायम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
-
अनलाइन सट्टेबाजी गरेको अभियोगमा ४ जना पक्राउ
-
बागमती विश्वविद्यालयमा भर्ना आवेदनको म्याद साउन ८ सम्म
-
ट्रम्प आउने भएपछि विश्वकप फाइनलमा उच्च सुरक्षा, दर्शकलाई सास्ती
-
एम्बाप्पेलाई पछि पार्दै गोल्डेन बुट जित्ने मेसीका लागि अन्तिम अवसर
-
मुक्त हरवा चरवाको १० बुँदे बर्दिबास घोषणापत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण