एमाले बागलुङमा उम्मेदवार सिफारिस विवादमा, श्रीप्रसाद शर्माले दिए केन्द्रमा उजुरी
सारांश
- बागलुङ क्षेत्र नं. १ मा एमालेबाट उम्मेदवार सिफारिस प्रक्रियामा असन्तुष्टि जनाउँदै एक आकांक्षीले केन्द्रमा उजुरी दिएका छन्।
- उम्मेदवार छनोट प्रक्रियामा विधि र पद्धति मिचिएको भन्दै श्रीप्रसाद शर्माले सिफारिस निर्णयप्रति लिखित असहमति जनाएका हुन्।
- शर्माले आफ्नो सहमति बिना र तोकिएको विधि मिचेर मनोमानी ढङ्गले नाम सिफारिस गरिएको आरोप लगाएका छन्।
बागलुङ । नेकपा (एमाले) बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एक आकांक्षीले केन्द्रमा उजुरी दिएका छन्। उम्मेदवार छनोट प्रक्रियामा विधि र पद्धति मिचिएको भन्दै उम्मेदवारका आकांक्षी श्रीप्रसाद शर्माले सिफारिस निर्णयप्रति लिखित असहमति जनाएका हुन्।
पुस १८ गते बसेको बैठकमा शर्मासहित ८ जना आकांक्षीले प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि तोकिएको शुल्क बुझाएर प्रक्रियामा सहभागी भएका थिए। बैठकले उम्मेदवार छनोट गर्नका लागि सहमति जुटाउने र सहमति नभए निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने जिम्मेवारी क्षेत्रीय संयोजक सहितको कार्यदललाई दिएको थियो।
कार्यदलले आफूलाई दिइएको जिम्मेवारी विपरीत कुनै सहमति नजुटाएको र निर्वाचन प्रक्रिया पनि नअपनाई एकलौटी ढङ्गले नाम सिफारिस गरेको आरोप शर्माले लगाएका छन्। आफ्नो सहमति बिना र तोकिएको विधि मिचेर मनोमानी ढङ्गले नाम सिफारिस गरिएको भन्दै उनले केन्द्र, प्रदेश र सम्बन्धित निकायमा उजुरी बुझाएका छन्।
विधि र प्रक्रिया मिचेर गरिएको सिफारिस सच्याई तोकिएको प्रक्रियामार्फत नै पुनः निर्णय गर्नुपर्ने उनको माग छ। यसबारे थप प्रतिक्रिया दिन भने उनले अस्वीकार गरेका छन्।
क्षेत्रीय कमिटीले नेताहरू इन्द्रलाल सापकोटा, हिरा केसी र मनकुमारी केसीको नाम सिफारिस गरेको थियो। क्षेत्रीय संयोजक धनबहादुर परियारले भने उम्मेदवारहरूकै सहमतिमा नाम टुङ्गो लगाएको दाबी गरेका छन्।
सामूहिक र व्यक्तिगत छलफल गर्दा सहमति नजुट्ने र निर्वाचनमा जान पनि एकजना बाहेक अरू तयार नभएपछि कमिटीले स्वविवेक प्रयोग गरेर निर्णय गरेको उनको भनाइ छ। परियारले सबै सदस्यहरूको सर्वसम्मत हस्ताक्षरबाटै नाम सिफारिस गरिएको जिकिर गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण