थाइल्याण्डको ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराको सफ्ट ओपनिङ
सारांश
- पोखरामा पहिलो पटक थाइल्याण्डको चेन होटल 'द सेन्टारा कलेक्सन' अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्टले सफ्ट ओपनिङ गरेको छ।
- रिसोर्ट कास्कीकोटमा अवस्थित छ, जहाँबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको दृश्य देख्न सकिन्छ।
- उद्घाटन अवसरमा नेपाली पाहुनाका लागि विशेष अफरहरू सार्वजनिक गरिएको छ, जसमा प्रतिरात २५ हजार रुपैयाँमा बेड एण्ड ब्रेकफास्ट प्याकेज समावेश छ।
काठमाडौँ । पर्यटन राजधानी पोखरामा पहिलो पटक थाइल्याण्डको चर्चित चेन होटल ‘द सेन्टारा कलेक्सन’अन्तर्गतको हिमालयन हाइडअवे रिसोर्ट पोखराले सफ्ट ओपनिङ गरेको छ।
नयाँ वर्ष अर्थात् सन् २०२६ जनवरी देखि कास्की जिल्लाको कास्कीकोटमा रिसोर्ट सञ्चालनमा आएको कम्पनीका प्रबन्ध निर्देशक प्रपाइजित थोङ्माले जानकारी दिए। उनका अनुसार रिसोर्टको औपचारिक उद्घाटन (ग्राण्ड ओपनिङ) छिट्टै गरिनेछ।
‘द सेन्टारा कलेक्सनअन्तर्गतको लक्जरी ब्रान्ड पोखरामा ल्याउन पाउँदा हामी निकै खुसी छौँ। नयाँ वर्षको सुरुवातसँगै पाहुनाहरूले पोखरामा अन्तर्राष्ट्रिय स्तरको लक्जरी पर्यटनको अनुभव गर्न पाउनुहुनेछ,’ थोङ्माले भने।

रिसोर्ट पोखरा शहरबाट करिब ३५ मिनेटको दूरीमा रहेको कास्कीकोटमा अवस्थित छ। यहाँबाट अन्नपूर्ण हिमशृङ्खला र माछापुच्छ्रे हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। साथै रिसोर्ट क्षेत्रबाट फेवातालमाथि उड्ने प्याराग्लाइडिङको दृश्य समेत नजिकबाट हेर्न सकिनेछ।
रिसोर्टमा स्वीट र भिल्लासहित कुल ४२ वटा कोठा रहेका छन्। प्रत्येक कोठामा निजी बगैँचा र फराकिला बाल्कोनीको सुविधा उपलब्ध छ। रिसोर्टमा २४सै घण्टा सञ्चालन हुने रेस्टुरेन्ट, बार तथा लाउञ्ज, स्विमिङ पुल, टी–हाउस र स्पा सेवा पनि रहेका छन्।
कम्पनीका अनुसार उद्घाटन अवसरमा नेपाली पाहुनाका लागि विशेष अफर सार्वजनिक गरिएको छ। यसअनुसार सन् २०२६ मार्च ३१ सम्म प्रतिरात २५ हजार रुपैयाँमा बेड एण्ड ब्रेकफास्ट प्याकेज उपलब्ध हुनेछ। साथै खाना तथा स्पा सेवामा १० प्रतिशत छुट र अपराह्न निःशुल्क चियाको व्यवस्था गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण