सरकारले जेनजी सहिद परिवारलाई अनुदान दिने, पेट्रोलमा इथानोल मिसाउने आदेश स्वीकृत
सारांश
- मन्त्रिपरिषद् बैठकले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान दिने निर्णय गर्यो।
- ओम बहादुर खड्कालाई राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरियो।
- सरकारले नेपाल र ओमान तथा इजरायल सरकारबिच श्रम सम्झौतालाई स्वीकृत गर्यो, साथै पेट्रोलमा इथानोल मिसाउने निर्णय गर्यो।
काठमाडौँ । सरकारले जेनजी सहिद परिवार कल्याणकारी समाजलाई कल्याणकारी कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
बैठकले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई बढुवा गर्ने निर्णय समेत गरेको छ।
मन्त्रिपरिषद्ले समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी सम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्य पदमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गरेको छ। त्यसैगरी, नेपाल सरकार र ओमान सरकार बीच हुने समझदारीपत्र तथा नेपाल र इजरायल सरकारबिच हुने श्रम सम्झौतालाई बैठकले स्वीकृत गरेको छ। ऊर्जा क्षेत्रमा महत्त्वपूर्ण मानिएको पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ लाई पनि सरकारले स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रवक्ता खरेलका अनुसार बैठकले वन तेस्रो संशोधन नियमावली २०८२ लाई स्वीकृत गरेको छ। यसका साथै नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण