प्रहरी भन्छ– बैंकमै आत्मदाह प्रयास गरेजस्तो देखिँदैन
विराटनगर । आफ्नो नाममा रहेको करोडौँ मूल्यको जग्गा बैंकले लिलाम गरेपछि एनआईसी एसिया बैंकको इटहरी शाखा कार्यालयमै आत्मदाहको प्रयास गरेको विषय पुष्टि नभएको प्रहरीले जनाएको छ ।
इटहरी–९ निवासी लालबहादुर पौडेलले सोमबार बैंक परिसरमा शरीरमा पेट्रोल छर्केर आत्महत्याको प्रयास गरेको समाचार भाइरल बनेको छ । यद्यपि इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुबास हमालले आत्मदाह प्रयास गर्न खोजेको भन्दा पनि बैंकका मेनेजरलाई नै पेट्रोल छर्किन खोजेको जस्तो भिडियो देखिएको बताए ।
डीएसपी हमालले पौडेललाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको बताए । ‘उनी हाम्रो नियन्त्रणमा छन् । थप अनुसन्धान गरिरहेका छौं,’ हमालले भने, ‘उनले आफूले आत्मदाह गर्न खोजेको जस्तो नभएर बैंकको मेनेजरलाई नै आगो लगाउन खोजेको हो कि जस्तो भिडियोमा देखिन्छ ।’
पौडेल बोतलमा पेट्रोल बोकेर सोमबार बैंक पुगेका थिए । बैंकभित्र प्रवेश गरेपछि उनले बैंकका मेनेजरको कोठामा पुगेर पेट्रोल छर्किएको हमालले बताए ।
पौडेलले भने आफू अत्यन्त मानसिक तनावमा पुगेपछि यस्तो कदम चाल्न बाध्य भएको बताएका छन् । उनले इटहरीमा रहेको आफ्नो करोडौँ मूल्यको जग्गा इटहरीकै व्यवसायी गंगाराम साह तेलीलाई सहयोगस्वरूप धितोमा राख्न दिएकोमा अहिले लिलामी परेको बताएका छन् ।
झापामा मदिरा उद्योग सञ्चालन गर्ने उद्देश्यले साहले ब्याज दिने सहमतिमा जग्गा धितो मागेको र त्यसैका आधारमा साढे दुई करोड रुपैयाँ बराबरको ऋण निकालिएको थियो । तर साहले न त ब्याज तिरे न त बैंकको किस्ता । त्यसपछि बैंकले धितोमा राखिएको उक्त जग्गा लिलाम प्रक्रिया अघि बढाएको छ ।
पौडेलले आफूले सावा तिर्ने तयारीका लागि समय माग्दै आएकोमा बैंकले एकतर्फी रूपमा लिलामी प्रक्रिया अघि बढाएको बताएका छन् । उनले बैंकले आफ्नो पीडा नबुझी केवल कानुनी प्रक्रिया मात्रै हेरेको आरोपसमेत लगाएका छन् ।
एनआईसी एसिया बैंकका सूचना अधिकारी जयेन्द्र रावलले भने पौडेल पनि बैंकका ऋणी भएको बताएका छन् । गंगाराम साह पनि बैंककै अर्का ऋणी रहेकोमा साहले ऋण नतिरेपछि बैंकले धितोमा राखिएको जग्गा लिलाम गरेको उनको भनाइ छ । जग्गा साहले धितो राखे पनि वास्तविक मालिक पौडेल रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण