दोस्रो आईजीपी राष्ट्रिय तेक्वान्दो सम्पन्न
काठमाडौँ । नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चालित ‘दोस्रो आईजीपी नेसनल तेक्वान्दो प्रतियोगिता २०८२’ भव्यताका साथ सम्पन्न भएको छ । सोमबार आयोजित एक विशेष समारोहबिच प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतियोगिताका विजयी खेलाडीहरूलाई पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरेका छन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले खेलकुदले विद्यार्थीमा आत्मविश्वास र अनुशासन विकास गर्ने बताए । उनले यस्ता प्रतियोगिताले विद्यालय स्तरमा नयाँ प्रतिभा पहिचान गर्न र खेलकुदको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । विद्यालयको चौतर्फी विकासका लागि नेपाल प्रहरी सधैं गम्भीर रहेको बताउँदै उनले यसको उन्नतिका लागि व्यवस्थापन समिति, शिक्षक र अभिभावकबिच सहकार्य हुनुपर्नेमा जोड दिए ।
प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, काभ्रे, धरान र सशस्त्र प्रहरी स्कुल कीर्तिपुरसहित ४५ वटा विद्यालय तथा डोजाङका करिब ६ सय खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सोही अवसरमा आईजीपी कार्कीले विद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक र प्रहरी कर्मचारीहरूलाई समेत प्रशंसापत्र प्रदान गरे ।
प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्राचार्य रामप्रसाद भुसालले प्रतियोगिताको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण