'आक्रमण र मादुरोको अपहरणलाई दुई तिहाइ अमेरिकीले ठिक मानेका छैनन्'
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले भेनेजुएलामाथि आक्रमण गरी राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अपहरण गर्यो।
- सर्वेक्षण अनुसार अधिकांश अमेरिकीहरूले यस कदमलाई समर्थन गरेका छैनन्, ट्रम्पको पार्टीका केही समर्थकले मात्रै समर्थन गरेका छन्।
- ट्रम्पले भेनेजुएलालाई अमेरिकाले चलाउने अभिव्यक्ति दिएपछि आगामी चुनावको कारण घरेलु अर्थतन्त्रमा ध्यान दिने संकेत गरेका छन्।
वासिङ्टन डीसी । गएको सप्ताहान्तमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई अपहरण गर्यो । प्रशासनको यस कदमप्रति अमेरिका र भित्रबाट अनेकौँ प्रतिक्रिया आइरहेको छ ।
यो घटनाक्रमलाई अधिकांश अमेरिकीहरूले ठिक नमानेको हालै भएका सर्वेक्षणहरूले देखाएको छ । रोयटर्स र इप्सोसले सोमबार सम्पन्न गरेको सर्वेक्षणमा सहभागी भएका ३३ प्रतिशतले मात्रै मादुरोको सत्ता ढाल्ने गरी भएको अमेरिकी सैन्य कारबाहीलाई समर्थन गरेका छन् । ३४ प्रतिशतले यसलाई ठिक मानेका छैनन् । अर्को ३३ प्रतिशत सहभागी भने यस प्रश्नमा मौन बसेका छन् । ट्रम्पको आफ्नै पार्टीका समर्थकमध्ये ६५ प्रतिशतले यस कदमको समर्थन गर्दा डेमोक्रेटिक पार्टीबाट ११ प्रतिशतले मात्रै समर्थन गरेका छन् ।
अमेरिकी सेनाको प्रत्यक्ष संलग्नतामा सत्ता ढालिएका देशहरूमा लामो समयसम्म युद्ध चलेको र अमेरिकी सेना ती देशमा वर्षौसम्म संलग्न भएका उदाहरण कयौँ छन् । यस्तोमा भेनेजुएलामा पनि सेना लामो समयसम्म बस्ने र अमेरिका अर्को युद्धमा धकेलिने हो कि भन्ने चिन्ता अधिकांश अमेरिकीहरूले व्यक्त गरेका छन् । शनिबार भेनेजुएलामाथि आक्रमण गरेर मादुरो दम्पत्तीलाई पक्राउ गरेपछि सो देशलाई अमेरिकाले चलाउने अभिव्यक्ति ट्रम्पले दिएका थिए ।
अमेरिकामा यो वर्ष मध्यावधि चुनाव हुन लागेको छ । मतदाताहरूलाई रिझाउन ट्रम्पले घरेलु अर्थतन्त्रलाई बढी ध्यान दिने संकेत गरेकै समयमा यो घटना भएको हो । भेनेजुएला अमेरिकाले कसरी चलाउँछ भन्ने कुरा स्पष्ट भएको छैन । तर आइतबार ट्रम्पले भेनेजुएलामा प्रत्यक्ष संलग्न नभएर त्यहाँका नेताहरूलाई धम्क्याएर सो देशको शासन नियन्त्रण गर्ने संकेत गरेका थिए । ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई आफूले भनेको नमाने दोस्रो आक्रमण हुने र मादुरोको जस्तै हालत बनाइदिने भनेका थिए । सर्वेक्षणले ट्रम्पको समर्थन दर बढेको देखाएको छ । सर्वेक्षणका अनुसार जनवरीमा ४२ प्रतिशत अमेरिकीले ट्रम्प प्रशासनलाई समर्थन गरेका छन् । यो अक्टोबर यताकै उच्च हो । डिसेम्बरमा समर्थन दर ३९ प्रतिशत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण