गोठालो मार्ने बाघ खोज्न क्यामेरा जडान, हालसम्म फेला परेन
सारांश
- बाँके राष्ट्रिय निकुञ्जले मानिसलाई आक्रमण गर्ने बाघको खोजी सुरु गरेको छ, क्यामेरा जडान गरी अनुगमन भइरहेको छ।
- शनिबार राप्तीसोनारीमा बाघको आक्रमणबाट ६२ वर्षीय मरिचमान भण्डारीको मृत्यु भएको थियो।
- निकुञ्जका अनुसार बाघले आहारा जोगाउन आक्रमण गरेको हुनसक्ने अनुमान छ, स्थानीयलाई सावधानी अपनाउन आग्रह गरिएको छ।
बाँके । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ सौरीमा मानिसलाई आक्रमण गरी ज्यान लिने बाघको खोजीका लागि क्यामेरा जडान गरेको छ। घटनास्थल वरपर पाँचवटा स्वचालित क्यामेरा राखेर अनुगमन गरिए पनि हालसम्म बाघ फेला नपरेको निकुञ्ज प्रशासनले जनाएको छ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार बाघ सोही क्षेत्रमा रहने वा अन्यत्र गयो भन्नेबारे क्यामेराको सहायताले निगरानी भइरहेको छ। बाघ दुर्घटनास्थलमा नफर्किएकाले आफ्नो आहारा लिएर वा अन्य बाटो लागेको हुनसक्ने अनुमान गरिएको छ। गत शनिबार गाई चराउन गएका ६२ वर्षीय मरिचमान भण्डारीलाई बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो।
बाघले गाई मारेर खाइरहेको बेला भण्डारी नजिकै पुगेकाले आफ्नो आहारा जोगाउन बाघले अचानक आक्रमण गरेको हुनसक्ने निकुञ्जको प्रारम्भिक अनुमान छ। यो घटनापछि सौरी गाउँका बासिन्दा त्रसित बनेका छन्। निकुञ्जले स्थानीयलाई जंगल क्षेत्रमा जाँदा सावधानी अपनाउन र एक्लै नजान आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण