बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

रास्वपाको उम्मेदवार छनोट प्रक्रिया प्रभावित, अब के हुन्छ ?

मङ्गलबार, २२ पुस २०८२, १५ : १५
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । पार्टी एकतापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आन्तरिक निर्वाचन प्रभावित भएको छ । पुस १३ र १४ गते काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा)बिच भएको ७/७ बुँदे सम्झौता भएको थियो ।

समानुपातिक उम्मेदवार छनोट प्रक्रिया अन्तिम पूर्व घोषित मोडालिटी अनुसार नै भएपनि विवादरहित हुन सकेन । अन्तिम समयमा ६०/४० को अनुपातमा भागबण्डा मिलाएर रास्वपाले उम्मेदवारको बन्दसूची बुझाएको थियो । तर कुलमान पक्षले पाउने भनिएको १८ जनामा चार जनाको नाम घटाएर १४ जनाको मात्रै लिस्ट बुझाएकोमा उनेपाले आपत्ति जनायो । 

बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा अब्बल अंक ल्याएका उम्मेदवारलाई बन्दसूचीको अन्तिममा राखेर सेलिब्रेटी, व्यवसायी घरानाका व्यक्तिहरूलाई प्राथमिकतामा राखेकोमा चौतर्फी आलोचना भयो । पार्टीभित्र र बाहिर आलोचना भएपछि रास्वपाको बन्दसूचीमा रहेका व्यक्तिहरूले धमाधम नाम फिर्ता लिएका छन् । 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो । यस्तै प्रत्यक्षतर्फ उम्मेदवार छनोट विधि पनि समानुपातिककै मोडेल अपनाएको थियो । तर बालेन र उनेपाबिच एकताका कारण प्रभावित हुने देखिएको छ । 

यसै विषयलाई हल गर्न रास्वापले पुस २० गते केन्द्रीय समिति बैठकले उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वमा उम्मेदवार छनोट उपसमिति गठन गर्ने निर्णय गरेको थियो । महामन्त्री कवीन्द्र बुर्लाकोटीको नेतृत्वमा एकता समायोजन समिति गठन गर्ने निर्णय गरेको थियो । यी दुवै समितिलाई पूर्णता दिन रास्वपाले मंगलबार दिउँसो २ बजे सचिवालय बैठक बोलाएको छ ।

रास्वपाले ५० प्रतिशत लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी इलेक्सन विधि मार्फत उम्मेदवार छनोट प्रक्रिया जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप