माघ १ गतेदेखि विद्युतीय प्रणालीमार्फत भुक्तानीको व्यवस्था मिलाउन बिमा प्राधिकरणको निर्देशन
सारांश
- बिमा प्राधिकरणले माघ १ गतेदेखि सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्न निर्देशन दिएको छ।
- जीवन, निर्जीवन, लघु र पुन: बिमा कम्पनीहरूले पनि यस्तै गर्नुपर्नेछ।
- यो व्यवस्था सम्पत्ति शुद्धीकरण निवारण र डिजिटल भुक्तानीलाई बढावा दिनका लागि हो।
काठमाडौँ । नेपाल बिमा प्राधिकरणले आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानी अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ ।
प्राधिकरणले जीवन बिमा, निर्जीवन बिमा, लघुबिमा, पुनबिमा कम्पनी र बिमा दलाललाई सबै प्रकारका भुक्तानी सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशन, २०८२ मा बिमकले बिमालेखअन्तर्गत दाबी भुक्तानी गर्दा अनिवार्य रूपमा बिमालेखका सर्त वा प्रचलित कानुनबमोजिम भुक्तानी पाउने व्यक्तिको बैंक वा वित्तीय संस्थामा रहेको खातामा जम्मा हुने गरी भुक्तानी गर्नुपर्ने व्यवस्था छ ।
नेपाल सरकारले सार्वजनिक निकायबाट हुने सबै प्रकारका भुक्तानी बैंकिङ प्रणालीमार्फत डिजिटल माध्यमबाट गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याइसकेको सन्दर्भमा प्राधिकरणले त्यस्तो निर्देशन दिएको हो । यसअघि, प्राधिकरणले बिमा कम्पनीका स्थायी, अस्थायी, करार वा ज्यालादारी वा अन्य कुनै पनि प्रकारका कर्मचारी तथा श्रमिकलाई दिइने पारिश्रमिक वा ज्यालाबापतको भुक्तानी अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत गर्न बिमा कम्पनीलाई निर्देशन दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण