टी–२० विश्वकपमा नेपाल : शेर मल्लको पहिलो पटक इन्ट्री, कुशल मल्ल आउट
सारांश
- नेपालले टी-२० विश्वकप २०२६ का लागि १५ सदस्यीय टोली घोषणा गर्यो, जसमा रोहित पौडेल कप्तान छन्।
- युवा स्पिनर शेर मल्लले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्, उनले एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका थिए।
- टोलीमा कुशल मल्ललाई समावेश गरिएको छैन, भने सन् २०२६ को विश्वकप फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्दै सुरु गर्नेछ।
काठमाडौँ । सन् २०२६ मा भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने टी–२० विश्वकपका लागि नेपालले आफ्नो १५ सदस्यीय टोली घोषणा गरेको छ। रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा युवा अफस्पिनर शेर मल्लले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा सनसनीपूर्ण प्रदर्शन गरेपछि शेरले विश्वकप खेल्ने टोलीमा स्थान पक्का गरेका हुन्। उनले एनपीएलमा १० खेल खेल्दै १७ विकेट लिएर प्रतियोगिताकै सर्वाधिक विकेट लिने खेलाडीको रूपमा आफूलाई उभ्याएका थिए। ६.५० को कसिलो इकोनोमीमा बलिङ गरेका उनले लुम्बिनी लायन्सलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेल्दै ‘इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट’ को अवार्ड समेत जितेका थिए।
क्यानले घोषणा गरेको टोलीमा अलराउन्डर बसिर अहमदलाई समावेश गरिएको छ भने आक्रामक ब्याटर कुशल मल्ललाई टोलीबाट हटाइएको छ। गत वर्ष अक्टोबरमा भएको टी–२० विश्वकप छनोटमा टोलीको हिस्सा रहेका कुशल यसपटक भने अटाउन सकेनन्।
लगातार दोस्रो पटक टी–२० विश्वकपमा कप्तानी गर्न लागेका रोहित पौडेललाई उपकप्तानको रूपमा दीपेन्द्रसिंह ऐरीले साथ दिनेछन्। टोलीको संरचना हेर्दा टप अर्डर ब्याटर र प्रभावकारी अलराउन्डरहरूको सन्तुलन मिलाइएको छ। ब्याटिङ युनिटको नेतृत्व रोहितले गर्नेछन् भने ओपनिङमा आक्रामक शैलीका कुशल भुर्तेल र इनिङलाई सम्हाल्न सक्ने आसिफ शेख छन्। फिनिसिङको जिम्मा गुल्सन झा र दीपेन्द्रसिंह ऐरीको काँधमा हुनेछ।
बलिङतर्फ लेगस्पिनर सन्दीप लामिछाने मुख्य हतियार हुनेछन्। उनलाई स्पिनमा सघाउन ललित राजवंशी, शेर मल्ल र दीपेन्द्र तयार छन्। तीव्र गतिको बलिङ युनिटको नेतृत्व करण केसीले गर्नेछन्, जहाँ उनलाई नन्दन यादव, सोमपाल कामी र गुल्सन झाले साथ दिनेछन्।
सन् २०२४ को टी–२० विश्वकपमा चार खेल खेलेको नेपालले जित निकाल्न नसके पनि दक्षिण अफ्रिका र बंगलादेशलाई कडा टक्कर दिएको थियो। सन् २०२६ को विश्वकप अभियान भने नेपालले फेब्रुअरी ८ मा इंग्ल्यान्डविरुद्ध खेल्दै सुरु गर्नेछ। नेपालले समूह चरणका आफ्ना सबै खेल मुम्बईको वानखेडे स्टेडियममा खेल्ने तालिका छ।
नेपालको १५ सदस्यीय टोली:
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण