राजनीति
राष्ट्रिय सभा: कर्णालीमा एमालेले पायो महिला क्लष्टर, मिनासिं रखाल बनिन् उम्मेदवार
बुधबार, २३ पुस २०८२, ०९ : ५७
सारांश
- राष्ट्रिय सभा निर्वाचनमा कर्णालीमा नेकपा एमालेले महिला कलस्टर पाएको छ।
- एमाले कर्णाली प्रदेश अध्यक्षका अनुसार मिनासिं रखाल महिला कलस्टरबाट उम्मेदवार बन्नेछिन्।
- मिनासिं रखाल यसअघि कर्णाली प्रदेश सभा सदस्य थिइन् र केपी ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन्।
सुर्खेत । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कर्णालीमा नेकपा एमालेले महिला कलस्टर पाएको छ । कर्णालीबाट दुई सदस्य पदका लागि हुन लागेको निर्वाचन अन्तर्गत एमालेले महिला कलस्टर पाएको हो । अन्यतर्फ भने नेपाली कांग्रेसले पाउने स्रोतको दाबी छ ।
एमाले कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाहले महिला कलस्टरबाट एमालेकी नेतृ मिनासिं रखाल उम्मेदवार बन्ने रातोपाटीलाई बताए ।
दैलेख निवासी रखाल ०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य थिइन् । उनी यसअघि एमाले ११ औँ महाधिवेशनमा केपी ओली समूहबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण