रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउँदै
बुधबार, २३ पुस २०८२, ११ : ४३
सारांश
- नेकपा एमालेकी रामकुमारी झाँक्री दाङमा उम्मेदवारी दर्ता गर्न जाँदैछिन्।
- कांग्रेस र एमालेबीचको सिट बाँडफाँड सहमति अनुसार उनी महिला कोटाबाट उम्मेदवार बन्दैछिन्।
- झाँक्री यसअघि गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेकी थिइन्।
बुटवल । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय दाङ जाँदै छिन् । कांग्रेस–एमालेबिच भएको सिट बाँडफाँडा सहमतिअनुसार लुम्बिनी प्रदेशमा महिला कोटामा एमालेबाट रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने सहमति भएपछि उनी बुधबार उम्मेदवारी दर्ताका लागि निस्किएकी हुन् ।
झाँक्रीका सहयोगी शिव सुवेदीका अनुसार उनीहरू उम्मेदवारी दर्ता गर्न दाङ जाने क्रममा छन् ।
गुल्मी निवासी झाँक्री यसअघि प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नं. २ बाट उम्मेदवार बनेकी थिइन् । लुम्बिनी प्रदेशमा तीन सिटका लागि निर्वाचन हुँदैछ । ती सिटमध्ये महिला, खुला र अपाङ्ग कोटा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण