राष्ट्रिय सभा सदस्य निर्वाचन : कांग्रेस–एमालेका उम्मेदवारको मनोनयन दर्ता
बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस र एमालेका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।
बुधबार आगामी माघ ११ गते हुने निर्वाचनका लागि उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनीहरुले राष्ट्रिय सभा सदस्य निर्वाचन–२०८२ का निर्वाचन अधिकृतको कार्यालय घोराहीमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबिचको तालमेलअनुसार एमालेकी महिला कोटामा रामकुमारी झाँक्री, नेपाली कांग्रेसका तर्फबाट वासुदेव जंगली र चन्द्र केसीले खुला तर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।
झाँक्रीको प्रस्तावकमा घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरी र सोही पालिकाका उपप्रमुख हुमाकुमारी डिसी समर्थक बसेकी छिन् ।
यस्तै वासुदेवको प्रस्तावकमा बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्री र बंगलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी समर्थक रहेका छन् ।
केसीको प्रस्तावकमा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र समर्थकमा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण