खाद्यले किन्यो किसानको १ लाख ३२ हजार क्विन्टल धान
बुधबार, २३ पुस २०८२, १६ : ३१
सारांश
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यको ७३ प्रतिशत धान खरिद गरेको छ।
- कम्पनीले १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो, जसमा हालसम्म १ लाख ३२ हजार क्विन्टल खरिद गरेको छ।
- कम्पनीले मोटा धान प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ र मध्यम धान ३ हजार ६२८ रुपैयाँमा खरिद गरेको छ।
काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले लक्ष्यको ७३ प्रतिशत धान खरिद गरेको छ ।
यो वर्ष १ लाख ९० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकोमा हालसम्म १ लाख ३२ हजार क्विन्टल धान खरिद गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार ४५ करोड ६१ लाख ५० हजार रुपैयाँ बराबरको १ लाख ३२ हजार क्विन्टल धान खरिद भएको छ ।
खाद्य तथा व्यापार कम्पनी लिमिटेडले सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार मोटा धान३ हजार ४६३ रुपैयाँ प्रतिक्विन्टल र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ प्रतिक्विन्टलमा खरिद गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण