सुर्खेतमा बाघको आक्रमणबाट महिलाको मृत्यु
सारांश
- सुर्खेतमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
- महिला मंगलबार बिहान घरबाट निस्किएकी थिइन्, र उनको शव बुधबार फेला परेको थियो ।
- प्रहरी, सेना, वन कर्मचारी र स्थानीय जनप्रतिनिधिले घटनास्थलमा पुगेर अनुसन्धान गरेका थिए ।
सुर्खेत । सुर्खेतमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका—५ गेरवानी बस्ने ५७ वर्षीया गंगा सारु रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) सुधीरराज शाहीका अनुसार मंगलबार बिहान अन्दाजी ८ बजे उनी घरबाट कोही कसैलाई जानकारी नदिई निस्किएकी थिइन् ।
बुधबार बिहान करिब ९ बजेतिर उनका दुई जना नातिनी बाख्रालाई घाँस काट्न घरदेखि करिब १०० मिटर उत्तर सालघारीमा गएका थिए । ‘सोही क्रममा उनीहरूले सालघारीमा गंगा सारुले लगाएका कपडा, चप्पलसहित रगतका टाटा भेटेका थिए,’ शाहीले भने, ‘खोजतलास गर्दै जाँदा सो स्थानबाट करिब ६०० मिटर पूर्वतर्फ ती महिलाको टाउको मात्रै भेटियो ।’’
बिहान १०ः ३० बजे अस्थायी प्रहरी पोस्ट बबईमा जानकारी भएपछि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी टोली, नेपाली सेनाको टोली, वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिसमेत घटनास्थलतर्फ खटाइएको थियो ।
शाहीका अनुसार टाउको फेला परेको स्थानबाट करिब ३०० मिटर पश्चिमतर्फ ११ः २५ बजेतिर महिलाको शरीरका अन्य भागहरू फेला परे । बाघले महिलाको बायाँ खुट्टा, बायाँ हात र कम्मरको भागको मासु पूर्ण रूपमा खाएको अवस्थामा बाँकी शरीर फेला परेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण