बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

महानगर जनप्रतिनिधि र ट्राफिक प्रहरीबिच अन्तरक्रिया

बुधबार, २३ पुस २०८२, २३ : ५०
बुधबार, २३ पुस २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र ट्राफिक प्रहरीबीच सडक दुर्घटना कम गर्न छलफल भयो ।
  • छलफलमा दुर्घटनाका कारण, न्यूनीकरणका उपाय र सचेतना अभियानबारे चर्चा भयो ।
  • जनप्रतिनिधिहरूले सडक सुरक्षाका लागि नीति बनाउन र सहयोग गर्न प्रतिबद्धता जनाए ।

काठमाडौँ । काठमाडौँ उपत्यकामा बढ्दो सडक दुर्घटनालाई कम गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिबिच बुधबार अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा सडक दुर्घटनाको कारण, न्यूनीकरणका उपाय, स्थानीय तहको भूमिका तथा दीर्घकालीन सचेतना अभियानलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए । उनका अनुसार कार्यक्रममा महानगरपालिकाका वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा ट्राफिक प्रहरी प्रमुख सहितका अन्य ट्राफिक प्रहरी अधिकृतको सहभागिता रहेको थियो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले सडक दुर्घटना कम गर्न ट्राफिक प्रहरी र स्थानीय सरकारबिच सहकार्य अपरिहार्य रहेको बताए । सडक दुर्घटना कम गर्न अभियान तथा ट्राफिक सप्ताह सञ्चालन गरिएको उनले बताए । स्थानीय तहको सक्रिय सहभागितामा विद्यालय, टोल तथा समुदायस्तरसम्म सचेतना कार्यक्रम विस्तार गरिने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिहरूले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम निर्माण गर्न प्रतिबद्धता जनाएका छन् । उनीहरूले सडक सुधार, जेब्राक्रसिङ, ट्राफिक सङ्केतको व्यवस्थापन, पैदलयात्रीमैत्री पूर्वाधार र सचेतना कार्यक्रमका लागि आफूहरूले आवश्यक सहयोग गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप