बिहेका लागि छोरो छोरीलाई दबाब दिन एआई भिडियोको साहारा लिइरहेछन् चिनियाँ मातापिता
सारांश
- सन् २०२४ मा चीनमा विवाह दर्ताको संख्या घटेको छ, जुन अघिल्लो वर्षको तुलनामा २०.५ प्रतिशत कम हो।
- विवाह दरमा आएको कमीसँगै चीनमा जन्मदर घटेको छ, जसका कारण सरकारले विभिन्न उपायहरू अपनाइरहेको छ।
- सामाजिक सञ्जालमा 'साइबर सेज' ट्रेन्डको रूपमा एआईले बनाएका भिडियोहरू भाइरल भइरहेका छन्, जसमा अविवाहितहरूले पछुतो व्यक्त गरिरहेका छन्।
बेइजिङ । २०२४ मा चीनमा ६१ लाख ६ हजार मात्रै बिहे दर्ता भए । अघिल्लो वर्षको तुलनामा यो २० दशमलव ५ प्रतिशत कम भएको चीनको नागरिक मामिला मन्त्रालयको तथ्यांकले देखाउँछ । प्रति एक हजार जनामा बिहे दर ४ दशमलव ३ मात्रै छ ।
बिहे दरमा कमी आएसँगै जन्मदर घटेको अनि जनसङ्ख्या खुम्चिन थालेको अवस्थामा चीन सरकारले जन्मदर बढाउन अनेकौँ उपायहरू अपनाइरहेको छ । छोराछोरीमाझ बिहे नगर्ने प्रवृत्ति बढ्दै गएपछि चिनियाँ मातापिताले पनि दबाबका कयौँ उपाय अपनाइरहेका छन् ।
सञ्चार माध्यममा आएको समाचारहरूका अनुसार दोउयिन (टिकटकको चिनियाँ संस्करण) र वेइपो जस्ता भिडियो शेयर गर्न मिल्ने एपमा एआईले बनाएका भिडियोको बाढी आएको छ । यसमा बिहे नगरेका वयस्क महिला र पुरुषले आफू जवान हुँदा बिहेको कुरामा आमा बाबुले भनेको नमानेकोमा पछुतो गर्दै रोइकराइ गरेको देखाइको छ ।
एउटा भाइरल भिडियोमा एआईले सृजना गरेको ५८ वर्षकी महिला अस्पतालमा भर्ती भएको अनि आसपासका बेडका बिरामीलाई आफन्तले हेरचाह गरिरहँदा उनी एक्लै भएको देखिन्छ । बेलैमा घरबार गर भनेर मातापिताले दिएको सुझाव नमानेकोमा उनी अहिले पछुताइरहेकी छिन् । यस्ता अधिकांश भिडियोमा एआईको ट्याग छ । तर पनि यी भिडियो निकै भाइरल भइरहेका छन् ।
यो ट्रेन्डलाई चीनमा ‘साइबर सेज’ नाम दिइएको छ । यस्तो खालको रणनीतिले विवाहित र अविवाहित बीचको सामाजिक मतभेद झनै गहिरो बनाउने चेतावनी आलोचकहरूले दिइरहेका छन् । तर आफ्ना छोराछोरीको भविष्यलाई लिएर चिन्तित मातापिताहरूले यसबारे खासै सोचेको देखिन्न । ‘हामीलाई यस्तै खालको अरु भिडियो चाहिएको छ । हेरौं त अझ कसले एक्लै बस्ने जिद्दी गर्दो रहेछ’ वेइपोमा एक जनाले कमेन्ट गरेका छन् ।
यस्ता भिडियोहरू अझ बढी शेयर गरे युवायुवतीहरूलाई देखाउ भनेर अर्का एक जनाले लेखेका छन् । यस्ता भिडियोमा अधिकांश प्रतिक्रिया नकारात्मक छन् । युवाहरूले यस्ता भिडियो र ट्रेन्डलाई मजाकको रुपमा हेरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण