भोजपुर-सङ्खुवासभा जोड्ने अरुण नदीमा पक्की पुल नहुँदा नागरिक हैरान (तस्बिरहरू)
सारांश
- भोजपुर र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयले सास्ती खेप्दै आएका छन्।
- पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित भएका छन् भने बर्खामा झोलुङ्गे पुल प्रयोग गर्नुपर्ने बाध्यता छ।
- स्थानीयका अनुसार पुल निर्माणको आशा भए पनि ठोस प्रगति हुन सकेको छैन, र नगरपालिका प्रमुखले पहल गरिरहेका छन्।
भोजपुर । भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल नहुँदा स्थानीयवासी वर्षौँदेखि सास्ती खेप्दै आएका छन्। उत्तरी क्षेत्रबाट बाह्य जिल्ला प्रवेश गर्ने मुख्य नाकामा स्थायी पुल नहुँदा आवतजावत र व्यापारिक गतिविधि प्रभावित बनेको छ।
वैकल्पिक रूपमा २०७६ सालदेखि फेरि सञ्चालनमा ल्याइए पनि प्राविधिक समस्या, हावाहुरी तथा वर्षायाममा नदीको बहाव बढेपछि फेरी पटक–पटक बन्द हुने गरेको छ। बर्खायाममा फेरी पूर्ण रूपमा बन्द हुँदा नागरिक झोलुङ्गे पुल प्रयोग गर्न र पिठ्यूँमा सामान बोकेर ओसार्न बाध्य छन्।
_Ssce1N7xkt.jpg)
पक्की पुल नहुँदा षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका नागरिक सबैभन्दा बढी प्रभावित भएका छन्। स्थानीयवासीको अनुसार सतिघाटमा पुल निर्माणको आशा धेरै वर्षदेखि भए पनि अहिलेसम्म कुनै ठोस प्रगति हुन सकेको छैन।
_jLm8ceQzys.jpg)
हिउँदको समयमा बिहान ७ बजेदेखि राति १० बजेसम्म फेरी सञ्चालन हुँदै आएको छ। फेरीले तत्कालका लागि केही राहत दिए पनि दीर्घकालीन समाधान नभएको षडानन्द नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले पटक पटक बताउँदै आएका छन्। उनका अनुसार सतिघाटमा पक्की पुल निर्माणका लागि सम्बन्धित निकायसँग निरन्तर पहल भइरहेको छ। तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
_3QLn4ezr1M.jpg)
_Gp2PljOT4k.jpg)
_4naIzcruLN.jpg)
_0ouwXYLv6Z.jpg)
_sDkOrYcdmc.jpg)
_H1e6TdVCkD.jpg)
_4qzfUp2Cu7.jpg)
_ZtNLkLHo2I.jpg)
_qi95zZoll1.jpg)
_1p1XcDnyZZ.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण