२२ किलो चरेससहित दुई जना पक्राउ
सारांश
- पर्साको पोखरियाबाट लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन्।
- प्रहरीले शंकास्पद झोला जाँच गर्दा २२ किलो चरेस फेला पारेको थियो।
- पक्राउ पर्नेमा वीरगन्ज र पोखरियाका व्यक्तिहरू रहेका छन्, र थप अनुसन्धान जारी छ।
पर्सा । पर्साको पोखरिया क्षेत्रबाट लागु औषध चरेससहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिहीबार बिहान बिन्दवासिनी गाउँपालिका–२ अन्तर्गत गर्दील चोकदेखि पूर्व पोखरिया–वीरगन्ज सडक खण्डमा चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ मुडली बस्ने २० वर्षीय रैयस अली र पोखरिया नगरपालिका–८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेल रहेका छन् ।
प्रहरीका अनुसार उनीहरूले बोकेको दुई वटा कालो झोला शङ्कास्पद देखिएपछि जाँच गर्दा झोलाभित्र पानी खाने १० लिटरका ग्यालन भेटिएका थिए । ग्यालनको मुखमा घिउ राखी तल लुकाएर राखिएको अवस्थामा चरेस फेला परेको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा रैयस अलीले बोकेको ग्यालनबाट १० किलो ६०० ग्राम र मुनिलाल पटेलले बोकेको ग्यालनबाट ११ किलो ४०० ग्राम चरेस जस्तो पदार्थ बरामद गरिएको छ । यससँगै उनीहरूको साथबाट नगद ४ हजार ४ सय ५० रुपैयाँ र मोबाइल एक थान पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण