नगर प्रमुख साहको पद रिक्त गर्ने आयोगको निर्णय विरुद्धको रिटमा सुनुवाइ हुँदै
सारांश
- निर्वाचन आयोगको निर्णय विरुद्ध मेयर रीनाकुमारी साहको रिटमा सुनुवाइ तोकिएको छ।
- एमालेको सिफारिसमा आयोगले मेयर साहको पद निलम्बन गरेपछि उनले सर्वोच्चमा निवेदन दिएकी थिइन्।
- यसअघि माओवादीले कारबाही गरेपछि पनि सर्वोच्चले मेयर साहसहितका जनप्रतिनिधिलाई पुनर्बहाली गरेको थियो।
काठमाडौँ । मौलापुर नगरपालिकाकी नगर प्रमुख रीनाकुमारी साहको पद रिक्त गर्ने निर्वाचन आयोगको निर्णय विरुद्धको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । सर्वोच्चका न्यायाधीशद्वय शारङ्गा सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।
नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । मेयर पद निलम्बन गरेपछि साहले नगर प्रमुख पद रिक्त भएको भनी गोरखापत्रमा सूचनासमेत प्रकाशित भएपछि उनले सो विरुद्ध सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
साहको रिटमा यसअघि प्रारम्भिक सुनुवाइ गर्दै तत्कालीन न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले निर्वाचन आयोगको निर्णय खारेज गर्दै साहलाई पुनर्बहालीको आदेश दिएको थियो ।
साथै अदालतले १५ दिनभित्र लिखित जवाफ पेस गर्न पनि अदालतले निर्वाचन आयोगलाई आदेश दिएको थियो । उनलाई सर्वोच्च अदालतले यसरी दोस्रो पटक पुनर्बहाली गराएको थियो ।
यसअघि माओवादीका पूर्वनेता एवं पूर्वमन्त्री प्रभु साहकी श्रीमती रीनाकुमारी साह प्रभु साहसँगै एमालेमा प्रवेश गरेको भन्दै माओवादी केन्द्रले कारबाही गरी उनीसहित १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
सो निवेदनको आधारमा २०७८ असार ११ गते आयोगले उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । तर त्यतिबेला पनि सर्वोच्चले मेयर साहसहितका जनप्रतिनिधिलाई पुनर्बहाली गराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण