रास्वपामा समानुपातिक बन्दसूचीबाट क–कसले नाम फिर्ता लिए ?
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन थालेका छन्।
- अहिलेसम्म १५ जनाले नाम फिर्ता लिएको जानकारी पार्टीलाई गराएका छन्, जसमा विभिन्न क्लस्टरका व्यक्तिहरू छन्।
- नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गतेभित्र निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीप्रति पार्टीभित्र र बाहिर आलोचना भएपछि उम्मेदवारहरूले नाम फिर्ता लिने क्रम बढेको छ । सामाजिक सञ्जालमार्फत उनीहरूले नाम फिर्ता लिएका घोषणा गरेका हुन् ।
अहिलेसम्म १५ जनाले नाम फिर्ता लिएको विषयमा पार्टीलाई जानकारी गराएको स्रोतले बतायो । स्रोतका अनुसार आदिवासी जनजाति क्लस्टरबाट मिलन लिम्बू, टासी लाक्पा शेर्पा, धर्मलाल तामाङ, सुदेश गुरुङ र महिलामा त्रिसला गुरुङ रहेका छन् ।
यसैगरी खस आर्यतर्फ सचिन ढकाल, अरनिको कुमार पाँडे, गोविन्द नारायण, जनक न्यौपाने र महिलातर्फ सिर्जना ओली रहेका छन् । दलिततर्फ डा.रामजी राम, साजन विक, किशोर गन्धर्व रहेका छन् । र, मुस्लिमबाट आसिफ शाह, मोहना अन्सारी रहेका छन् । बाहिर नाम फिर्ता लिएको घोषणा भए पनि निर्वाचन आयोगमा लिखित निवेदन दिनुपर्नेछ ।
त्यसका लागि कुन क्लस्टरमा क–कसले नाम फिर्ता लिने हो । उसले प्रक्रिया पुर्याएर आएको खण्डमा संशोधन हुनसक्ने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए । भट्टराईका अनुसार नाम फिर्ता लिन चाहने व्यक्तिले पुस २८ गते निवेदन दिनुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरी घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता
-
नागढुङ्गा सुरुङमार्ग प्रभावित क्षेत्रको खानेपानी व्यवस्थापनमा ११ निर्णय
-
दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
-
सुनसरी घटना : प्रशासनले लगायो अनिश्चितकालीन कर्फ्यू
-
सुनसरीका नागरिकलाई संयमित रहन मुख्यमन्त्री कार्कीको आग्रह
-
सालकको अखेटोपहार ओसापसारको अभियोगमा तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण