निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राख्दैनौँ, भ्रम फैलाउनेलाई साइबर मुद्दा लाग्छ : गृहमन्त्री अर्याल
सारांश
- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन सुरक्षाका लागि सरकार पूर्ण जिम्मेवार रहेको बताए।
- उनले निर्वाचनको विपक्षमा रहेका तत्वहरू निर्वाचनको पक्षमा आउन थालेको दाबी गरे, र साइबर मुद्दा लगाइने चेतावनी दिए।
- मन्त्री अर्यालले निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको र एक लाखभन्दा बढी म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिए।
काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्वाचन सुरक्षाका लागि पूर्ण रूपमा जिम्मेवार रहेको र कुनै पनि हालतमा दण्डहीनता नसहने स्पष्ट पारेका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचन सुरक्षित र निष्पक्ष ढंगले सम्पन्न हुनेमा विश्वस्त रहन सबैलाई आग्रह गरे।
पछिल्लो समय युवा पुस्ता (जेनजी) लाई भड्काएर हिंसा सिर्जना गर्न खोज्ने तत्त्वहरू समेत बिस्तारै निर्वाचनको पक्षमा आउन थालेको अर्यालले दाबी गरे। उनले 'मिस इन्फरमेसन' र 'डिसइन्फरमेसन' फैलाएर समाजमा भ्रम छर्ने जोसुकैलाई साइबर मुद्दा लगाइने र कानुनी कठघरामा उभ्याइने चेतावनी दिएका छन्। निर्वाचन नै अहिलेको एकमात्र र सही विकल्प भएको बताउँदै उनले यसका लागि राज्यको ठुलो लगानी भइसकेकाले अब पछि हट्ने ठाउँ नरहेको जिकिर गरे।
सुरक्षा चुनौतीका विषयमा चर्चा गर्दै मन्त्री अर्यालले आन्दोलनका क्रममा केही हतियारहरू लुटिएर बाहिर रहेको स्वीकार गरे। तर, ती हतियारले निर्वाचन नै रोकिने अवस्था नरहेको र सरकारले सुरक्षा व्यवस्था कडा पारेको उनले बताए। निर्वाचनकै लागि एक लाखभन्दा बढी म्यादी प्रहरीको भर्ना प्रक्रिया अघि बढाइएको जानकारी दिँदै उनले वर्तमान सरकारलाई अन्तर्राष्ट्रिय समर्थन समेत रहेकाले निर्वाचन गराउन सरकार पूर्ण सक्षम रहेको उल्लेख गरे।
‘जनतामा भ्रम फैलाउने अफवाहहरू अन्तिम सत्य होइनन्, हामीले सुरक्षाका केही मानकहरू बनाइसकेका छौँ,’ अर्यालले भने। उनले आफ्नो पहिलो प्राथमिकता देश र मानवता जोगाउनु रहेको बताउँदै हिंसा भड्काउन खोज्ने जोकोहीलाई गृह मन्त्रालयले नछोड्ने स्पष्ट पारेका छन्। नागरिकको सुरक्षा सरकारको पहिलो कर्तव्य भएको र यसमा कुनै पनि किसिमको कमजोरी हुन नदिने उनले प्रतिबद्धता जनाए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण