तीन मन्त्रीलाई ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालयको पनि जिम्मेवारी
बिहीबार, २४ पुस २०८२, २० : २७
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन, न्याय तथा संसदीय मामिला एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हालाई ऊर्जा मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईँलाई दिइएको छ ।
त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी समेत दिइएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई थप मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।
कुलमान घिसिङले यी तीन वटै मन्त्रालय सम्हाल्दै आएका थिए । उनी सक्रिय राजनीतिमा लागेपछि बुधबार राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण