भेनेजुएलाले राजनीतिक बन्दीहरूलाई रिहा गर्न थाल्यो, यो बदनाम जेल पनि बन्द गरिने
सारांश
- भेनेजुएलाको अन्तरिम सरकारले राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेको छ।
- अमेरिकी सुरक्षा बलले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी लागूऔषध तस्करीको मुद्दा चलाएको छ।
- अन्तरिम सरकारले राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वका लागि बन्दीहरूलाई रिहा गर्ने घोषणा गरेको छ।
काठमाडौँ । भेनेजुएलाको अन्तरिम सरकारले राजनीतिक बन्दीहरूलाई रिहा गर्न सुरु गरेको छ। गत शनिबार अमेरिकी सुरक्षा बलले राष्ट्रपति निकोलस मादुरोलाई राजधानी काराकासबाट नाटकीय रूपमा पक्राउ गरी लागूऔषध तस्करीको मुद्दा चलाउन न्युयोर्क पुर्याएको थियो ।
मादुरो पक्राउपछि बनेको अन्तरिम सरकारले राष्ट्रिय एकता र शान्तिपूर्ण सहअस्तित्वका लागि ठूलो संख्यामा बन्दीहरूलाई तत्काल रिहा गरिने घोषणा गरेको हो । जसअनुसार पहिलो चरणमा रिहा हुनेहरूमा मानवअधिकारवादी कार्यकर्ता रोसियो सान मिगुएल र पाँच जना स्पेनी नागरिकहरू समेत रहेका छन्। मादुरो शासनका कट्टर आलोचक मानिने मिगुएललाई सन् २०२४ को फेब्रुअरीमा राजद्रोह र षड्यन्त्रको आरोपमा पक्राउ गरिएको थियो।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले काराकासस्थित कुख्यात 'एल हेलिक्वाइड'जेल बन्द गरिने घोषणा गरेका छन्। बीबीसीका अनुसार राजनीतिक विरोधीहरूलाई थुन्ने र करेन्ट लगाउने जस्ता अमानवीय यातना दिने केन्द्रको रूपमा बदनाम यो जेलमा अझै ५० देखि ८० बन्दीहरू रहेको विश्वास गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण