शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एलेप्पोमा सिरियाली सेनाद्वारा युद्धविराम घोषणा

शुक्रबार, २५ पुस २०८२, ११ : ५२
शुक्रबार, २५ पुस २०८२

सारांश

  • सिरियाको रक्षा मन्त्रालयले एलेप्पोमा युद्धविरामको घोषणा गरेको छ, सशस्त्र समूहलाई क्षेत्र छाड्न ६ घण्टाको समय दिइएको छ।
  • शेख मकसूद, अशरफीह र बानी जैदमा बिहान ३ बजेदेखि युद्धविराम हुने र नागरिक सुरक्षाको लागि मार्गप्रशस्त गर्ने विज्ञप्तिमा भनिएको छ।
  • लडाईँका कारण १ लाखभन्दा बढी मानिसले अशरफीह र शेख मकसूद छाडेर गएका छन्।

दमस्कस । कयौँ दिनदेखि सेना र कुर्दिश नेतृत्वको ‘सिरियन डेमोक्रेटिक फोर्सेस’ (एसडीएफ)बिचको भीषण लडाइँपछि सिरियाको रक्षा मन्त्रालयले उत्तरी सहर एलेप्पोमा युद्धविरामको घोषणा गरेको छ । सशस्त्र समूहलाई सो क्षेत्र छाडेर जान मन्त्रालयले ६ घण्टा समय दिएको छ । दुई पक्षबीच व्यापक गोलीबारीपछि सल्किएको आगो निभाउन उद्धारकर्मीहरू खटिएका छन् ।

शेख मकसूद, अशरफीह र बानी जैदमा बिहान ३ बजेखि युद्धविराम हुने र यसले कानुन र आधिकारिक संस्थाहरूको पुनर्स्थापना र नागरिकहरूको सुरक्षाको लागि मार्ग प्रशस्त गर्ने एउटा विज्ञप्तिमा मन्त्रालयले भनेको छ । सहर छाडेर बाहिरिने लडाकुहरूलाई हलुका व्यक्तिगत हतियार राख्न दिइने सरकारी समाचार संस्था सानाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै समाचारमा भनेको छ ।

सशस्त्र समूहको बहिर्गमनलाई सिरियाली सेनाले ‘इस्कोर्ट’ गर्ने बताइएको छ । यस घोषणामा एसडीएफले तत्कालै कुनै प्रतिक्रिया दिएको छैन । बिहीबार अर्को सूचना जारी नभएसम्मका लागि भन्दै अधिकारीहरूले एलेप्पो आसपासको शेख मकसूद, अशरफीह र बानी जैद, अल–सिर्यन, अल– हुलोक र अल– मिदानमा कफर्यु लगाएका थिए ।

सिरियाली सेना र एसडीएफबीच यो हप्ताको सुरुमा लडाई सुरु भएपछि १ लाख भन्दा बढी मानिस अशरफीह र शेख मकसूद छाडेर गइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप