आयोग निर्वाचनको तीव्र तयारीमा छ : कार्यवाहक आयुक्त भण्डारी
काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधि सभा सदस्य निर्वाचनको तीव्र तयारीमा आयोग जुटिरहेको बताएका छन् ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सफलतापूर्वक निर्वाचन सम्पन्न गर्ने क्रममा राज्यका जिम्मेवार सबै संस्था र निकायबिचको आपसी सहयोग, सहकार्य, समन्वय हुन आवश्यक रहेको बताए।
निर्वाचनको वातावरण बनाउन आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने धारणा व्यक्त गर्दै आयोगबाट जारी हुने निर्वाचन आचारसंहिता र आफ्नो निर्वाचन आचारसंहितालाई दृष्टिगत गरी निर्वाचन सफल बनाउने राष्ट्रिय अभियानमा रासस क्रियाशील हुने विश्वास व्यक्त गरे ।
आसन्न निर्वाचनका क्रममा आचारसंहिता जारी गरी कार्यान्वयनमा गएकामा खुसी व्यक्त गर्दै सत्यतत्थ्य, निष्पक्ष, विश्वसनीय र आधिकारिक समाचार सम्प्रेषण गर्दै आएको राससबाट अझ बढी भूमिका अपेक्षा गरिएको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण