बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सही तथ्यांकले मात्रै असल नीति निर्माण गर्न सकिन्छ : अर्थमन्त्री

शुक्रबार, २५ पुस २०८२, १८ : ४७
शुक्रबार, २५ पुस २०८२

काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्यांकले नै असल नीति निर्माण गर्न सकिने बताएका छन् ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले नेशनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क प्रतिवेदन तयार पार्ने बताए । त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उनको विश्वास छ ।

मानव विकास सूचकाङ्कले प्रशासकीय विकासमा फाइदा पुर्‍याउने बताए । तथ्यांक संकलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रुपमा तथ्यांक कार्यालयले मागेबमोमिको बजेट विनियोजन हुने पनि विश्वास व्यक्त गरे ।

औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरुको भुमिका महत्वपूर्ण हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप