नेपालको राजनीति कम्युनिस्ट र काङ्ग्रेसी नेताको अन्तरपार्टी सिन्डिकेटको कब्जामा छ : घनश्याम भुसाल
सारांश
- घनश्याम भुसालले गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको शुभकामना दिएका छन्।
- उनले महाधिवेशनले नेपाली राजनीतिमा ठुलो महत्त्व राख्ने र कांग्रेसलाई कांग्रेसीहरुकै बनाउन सहयोग पुग्ने बताए।
- भुसालले नेपाली राजनीतिको गतिरोध तोड्न महाधिवेशनले योगदान गर्ने समेत उल्लेख गरे।
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (संयुक्त)का कार्यवहाक अध्यक्ष घनश्याम भुसालले कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशनको शुभकामना दिएका छन् ।
कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले घोषणा गरेको महाधिवेशनले नेपाली राजनीतिमा ठुलो महत्त्व राख्ने भन्दै भुसालले कांग्रेस कांग्रेसीहरुकै बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै पूर्वमन्त्री समेत रहेका नेता भूसलालले गगन थापा र विश्वप्रकाशहरूको नेतृत्वमा हुने नेपाली काङ्ग्रेसको विशेष महाधिवेशन उनीहरूकै मामिला भए पनि यसले नेपाली राजनीतिको मधुशाला भत्काउन सके वर्तमान गतिरोध तोड्न असाधारण योगदान गर्ने समेत बताएका छन् ।
‘नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरु कै हुनु पर्थ्यो । कम्युनिस्ट पार्टी कम्युनिस्टहरू कै हुनु पर्थ्यो । तर लामो समयदेखि नेपाली काङ्ग्रेस काङ्ग्रेसीहरु भन्दा कमरेड ओली, प्रचण्ड र फेरि प्रधानमन्त्री-राष्ट्रपति हुने घिडघिडोमा बाँचेका नेताहरुलाई चाहिएको छ’, भुसालले भनेका छन्, ‘कम्युनिस्ट पार्टी एमालेहरू र माओवादीहरूको भन्दा बढी श्रीमान् देउवा र उहाँको गुटका मानिसहरूको ज्यूनीजस्तो भएको छ ।’ कम्युनिस्ट पार्टीका नीतिहरूमा देउवाको प्रभाव बढी हुने र नेपाली काङ्ग्रेसले के गर्नु पर्छ भन्ने कुरा ओली वा प्रचण्डहरूको स्वार्थबाट प्रभावित हुने गरेको समेत भुसालको भनाइ छ । ‘अर्थात्, नेपालको राजनीति कम्युनिस्ट र काङ्ग्रेसी नेताहरुको अन्तरपार्टी सिन्डिकेटको कब्जामा छ’, भुसालले थप भनेका छन्, ‘र, के कुरा प्रमाणिकरुपमा भन्न सकिन्छ भने कम्युनिस्ट र काङ्ग्रेस भएर जति झगडा गरे पनि खास ठाउँमा त्यस सिन्डिकेटले सबैलाई एकै ठाउँमा ल्याउँछ । त्यस सिन्डिकेटको एकमात्र ध्येय सत्ता दोहन हो, राज्य दोहन हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण