राजनीति
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी
शनिबार, २६ पुस २०८२, १२ : ४७
सारांश
- चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई नीति महाधिवेशन बनाउन आग्रह गरे।
- उनले महाधिवेशनमा संकल्प प्रस्ताव मात्रै पास गर्नुपर्ने बताए।
- भण्डारीले पार्टी विभाजन हुन नहुने र सबैको महाधिवेशन हुनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई नीति महाधिवेशन मात्रै बनाएर संकल्प प्रस्ताव मात्रै पास गर्नुपर्ने बताएका छन्।
शनिबार बत्तीस पुतलीमा पत्रकार सम्मेलन गरेर भण्डारीले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलन बताउँदै संकल्प प्रस्ताव पास मात्रै गरेर जान विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरेका हुन्।
‘विशेष महाधिवेशनको नाममा देशभरिबाट साथीहरू आउनुभएको छ। हामी आग्रह गर्छौं यसलाई नीतिगत सम्मेलन वा संकल्प प्रस्ताव पास गरेर जाऔँ । अबको चार महिना पछि नियमित महाधिवेशनमा आउने साथीहरूलाई खुराक दिएर उत्साहित बनाएर जाऔँ,’ भण्डारीले भने ।
उनले कुनै पनि हालतमा पार्टी विभाजन हुन नहुने बताए । विशेष महाधिवेशनलाई सम्पूर्ण पार्टीको हो भन्ने बनाउनुपर्ने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण