आयल निगमले १३ अर्ब नाफा कमायो : मन्त्री सिन्हा
सारांश
- मन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमले १३ अर्बभन्दा बढी नाफा कमाउनु संस्थागत सुधारको नतिजा भएको बताए।
- उनले अमलेखगन्ज-लोथर र सिलिगुढी-झापा पेट्रोलियम पाइपलाइन परियोजनाको प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिए।
- मन्त्री सिन्हाले नयाँ भवनबाट पारदर्शिता, प्रविधिमैत्री र भ्रष्टाचारमुक्त सेवा प्रवाह हुने विश्वास व्यक्त गरे।
काठमाडौँ । उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले नेपाल आयल निगमले आर्थिक मन्दी र वित्तीय दबाबका बाबजुद १३ अर्बभन्दा बढी नाफा कमाउनु संस्थागत सुधारको नतिजा भएको बताएका छन् ।
शुक्रबार नेपाल आयल निगमको ५५औँ वार्षिकोत्सव तथा केन्द्रीय कार्यालयको नयाँ भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री सिन्हाले निगमको नेतृत्व, कर्मचारीको मिहिनेत र स्वचालित मूल्य प्रणालीका कारण निगम नाफामा जान सफल भएको बताएका हुन् ।
‘विगतका वर्षहरूमा देखिएको कमजोर आर्थिक अवस्थाका बाबजुद निगमले संस्थागत सुधार र वित्तीय अनुशासन कायम गर्दै आर्थिक वर्ष २०८१–८२ मा करिब १३.६ अर्ब मुनाफा आर्जन गर्न सफल भएको छ,’ मन्त्री सिन्हाले भने ।
मन्त्री सिन्हाले मोतिहारी–अमलेखगन्ज पाइपलाइन परियोजनाको सफलतापछि अब अमलेखगन्ज–लोथर र सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको प्रारम्भिक कार्य अगाडि बढाइएको जानकारी दिए । उनले इन्धन आपूर्ति शृङ्खलाको लागत घटाउन, स्मार्ट टर्मिनल विस्तार गर्न र भण्डारण क्षमता वृद्धि गर्न निगम व्यवस्थापनलाई निर्देशन दिए ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) सँगको दीर्घकालीन सम्झौताले नेपालमा इन्धनको सुरक्षित र भरपर्दो आपूर्ति भएको बताए ।
उनले कानुन बमोजिम कर्मचारीले पाउने बोनस लगायतका सुविधामा आफू सकारात्मक रहेको तर कानुन विपरीतका सुविधा लिन नहुने र दिन पनि नहुनेमा जोड दिए ।
नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री सिन्हाले नयाँ भवनसँगै निगमको कार्यशैलीमा पनि पारदर्शिता र सुशासन हुनुपर्ने बताए । उनले भने, ‘यो नयाँ भवनबाट आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै सेवा प्रवाह हुनेछ भन्ने विश्वास लिएको छु ।’
मन्त्री सिन्हाले ग्रिन हाइड्रोजन र इथानोल प्रयोगको विषयमा नीतिगत निर्णय भए पनि यसको पूर्ण तयारी र कार्यान्वयनका लागि अझै समय लाग्ने बताए । साथै, दैलेखमा भइरहेको पेट्रोलियम अन्वेषण र प्राकृतिक ग्यासको सम्भावनालाई पनि अगाडि बढाइने उनले प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण