नेकपा गोरखाको संयोजकमा तिमिल्सेना चयन
सारांश
- नेकपा गोरखाको जिल्ला संयोजकमा अंकुर तिमिल्सेना चयन भएका छन्।
- पार्टीको विस्तारित बैठकले टेकराज भट्टलाई जिल्ला सह-संयोजक चयन गर्यो।
- केन्द्रीय सदस्य हरिराज अधिकारीले निर्वाचन र पार्टी सुदृढीकरणबारे जोड दिए।
गोरखा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गोरखाको जिल्ला संयोजकमा अंकुर तिमिल्सेना (आयाम) लाई जिम्मेवारी दिइएको छ। पार्टीको विस्तारित बैठकले साबिक माओवादी केन्द्रका जिल्ला सचिव तिमिल्सेनालाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको हो ।
बैठकले साबिक एकीकृत समाजवादीका टेकराज भट्टलाई जिल्ला सह–संयोजकको रूपमा चयन गरेको छ। तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १५ वटा विभिन्न कम्युनिस्ट घटकहरू बिचको एकता सम्पन्न भएपछि गोरखामा यो नयाँ कार्यसमिति चयन भएको हो।
बैठकले जिल्ला समितिलाई ३९९ सदस्यीय रहने गरी अनुमोदन गरेको छ। बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य हरिराज अधिकारीले देश निर्वाचनतर्फ उन्मुख भएकाले एकीकृत पार्टीलाई जनताको आवश्यकता अनुसार परिचालन गर्नुपर्ने बताए । उनले अहिलेका उपलब्धिहरू खोस्ने षडयन्त्र भइरहेको भन्दै त्यसलाई परास्त गर्नुपर्नेमा जोड दिए ।
अर्का नेता लेखनाथ न्यौपानेले पार्टीलाई सुदृढ गर्दै जनताको बिचमा लैजान कार्यकर्ताको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे । बैठकमा पार्टीका केन्द्रीय सदस्यहरू अमर तमु, विश्वेश्वर कट्टेल लगायतले पार्टीको वैचारिक दिशा र सङ्गठनात्मक सुदृढीकरणबारे धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण