अहिलेसम्म १० प्रतिशतभन्दा बढी प्रतिनिधिले गराए नाम दर्ता
सारांश
- नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ, जसमा १० प्रतिशत बढी प्रतिनिधिले नाम दर्ता गराएका छन्।
- महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ प्रतिनिधि रहेका छन्, र दर्ता प्रक्रियाका लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ।
- उद्घाटनअघि काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकालिने तयारी छ, भने मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ।
काठमाडौँ। नेपाली कांग्रेसको आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुने विशेष महाधिवेशनमा १० प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् ।
बिहान ८ बजेबाट सुरु भएको महाधिवेशन प्रतिनिधिको नाम दर्ताका क्रममा अहिलेसम्म १० प्रतिशत बढीले नाम दर्ता गराएका हुन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा कुल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन्।
१० प्रतिशत बढी प्रतिनिधिले नाम दर्ता गराइसकेको केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । ७ वटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सञ्चालन गरिएको र अहिले नाम दर्ता गर्न प्रतिनिधिको लामो लाइन रहेको सिवाकोटीले बताए ।
विशेष महाधिवेशनको उद्घाटनअघि सहभागीहरूले काठमाडौँका विभिन्न ६ स्थानबाट जुलुस निकाल्ने तयारी गरेका छन्। महाधिवेशन आयोजक समितिका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपमा उद्घाटन सत्र सुरु हुनेछ। उद्घाटनअघि शक्ति प्रदर्शनका रूपमा जुलुस आयोजना गर्न लागिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण