पृथ्वी जयन्तीमा सेनाद्वारा चन्द्रगढ किल्लाको सरसफाइ
झापा । राष्ट्रिय एकीकरण दिवस एवं ३०४औँ पृथ्वी जयन्तीका अवसरमा नेपाली सेनाले शनिबार भद्रपुर–१० स्थित ऐतिहासिक चन्द्रगढमा बृहत् सरसफाइ कार्यक्रम गरेको छ ।
नेपाली सेनाको चारआलीमा रहेको अरिदमन गणले आयोजना गरेको उक्त कार्यक्रममा नेपाली सेनाका साथै सशस्त्र प्रहरी, नेपाल प्रहरी, राष्ट्रिय सेवा दल, पत्रकार र सर्वसाधारणको सहभागिता रहेको थियो । राणाकालका प्रधानमन्त्री चन्द्रशम्शेरको पालामा सैनिक किल्ला भएको कारण सो स्थानको नामकरण चन्द्रगढ रहन गएको चन्द्रगढी गाउँ विकास समितिका तत्कालीन अध्यक्ष दुर्गाप्रसाद भट्टराई बताउँछन् ।
भद्रपुर नगरपालिकाको पहलमा उक्त स्थानलाई ऐतिहासिक पर्यटकीयस्थलका रूपमा विकसित गर्न विभिन्न प्रयास भइरहेका छन् । पुरानो गढी (सैनिक किल्ला) को निशानीस्वरुप चन्द्रगढमा माटोका थुम्काथुम्की उक्त स्थानमा पाइएका छन् ।
कतिपय अन्वेषकहरू उक्त स्थानलाई पौराणिक महाभारतकालीन कथासँग पनि जोड्ने गर्छन् । पर्याप्त खोज र उत्खनन नभएका कारण चन्द्रगढको पुरातात्विक महत्व अझै पनि रहस्यमै छ । अरिदमन गणका गणपति प्रमुख सेनानी सरोज थापाले सरसफाइ कार्यक्रममा १८५ जनाको उपस्थिति रहेको जनाउँदै ऐतिहासिक गढी रहेको स्थान भएकाले चन्द्रगढको संरक्षण र उचित हेरचाह आवश्यक रहेको बताए ।
दोस्रो विश्वयुद्धको समयमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशम्शेर चन्द्रगढमा पूर्वी सीमाको सुरक्षाका लागि सेनाको टुकडी चन्द्रगढमा राखेको शासनकालमा सेनाको एक टुकडी तैनाथ गर्न गढी निर्माण भएको भन्ने स्थानीयको भनाइ छ ।
त्यसैगरी, १८औँ शताब्दीमा किरात धर्मावलम्बीहरूले निर्माण गरेको यस ऐतिहासिक चन्द्रगढबाट चन्द्रगढी सहरको नाम रहन गएको बुझिएको छ । यस बृहत् सरसफाइ कार्यक्रमले झापा जिल्लाको एकमात्र यस ऐतिहासिक चन्द्रगढीका तत्कालीन अध्यक्ष भट्टराई बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण