प्रदेशसभाबाट राजीनामा दिएर प्रतिनिभासभा निर्वाचन लड्ने पूर्वमन्त्रीको घोषणा
सारांश
- धर्मबहादुर चौधरीले लुम्बिनी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिई संघीय संसदको चुनाव लड्ने घोषणा गरे।
- उनी कुलमान घिसिङको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन्, र उनले रास्वपासँगको एकता भंग गरेका थिए।
- नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट निर्वाचित चौधरीले रञ्जिता श्रेष्ठको पक्ष लिएका थिए, जसले पार्टीभित्र विवाद निम्त्यायो।
बुटवल । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार पूर्वमन्त्री धर्मबहादुर चौधरीले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएर संघीय संसद्को निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
र उनी कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गर्दै घिसिङले उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हालेका थिए । सोही दिन काठमाडौँमा आयोजित एक कार्यक्रममा चौधरी पनि उक्त पार्टीमा प्रवेश गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट लुम्बिनी प्रदेश सभामा संसदीय दलका नेता रहेका चौधरीले अब संघीय सांसद चुनाव लड्ने रातोपाटीसँग बताएका हुन् । उनले भने, 'म हिजो मात्रै नयाँ पार्टीमा प्रवेश गरेको छु । अब प्रदेश सभाबाट राजीनामा दिएर संघीय चुनाव लड्ने हो ।'
नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबिचको विवादमा धर्मबहादुर चौधरी रञ्जिताको पक्षमा थिए । बर्दिया निर्वाचन क्षेत्र २ (२) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित चौधरी यसअघि भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारीमा थिए । उनले माघ ६ गते संघीय सांसदको उम्मेदवारी दर्ता गर्नुभन्दा एक–दुई दिनअघि नै प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने जानकारी दिएका छन् ।
केन्द्रमा श्रेष्ठले नेकपा (एकीकृत समाजवादी) सँग सहकार्य गर्ने बताएपछि नाउपाभित्र विवाद चर्किएको थियो । लुम्बिनी प्रदेशमा साविक नाउपाका चार सांसदमध्ये तीन जना श्रेष्ठको पक्षमा देखिएका छन् । नाउपाकी प्रमुख सचेतक नरमाया ढकालका अनुसार पार्टी एकीकरणको पत्र निर्वाचन आयोग हुँदै प्रदेशमा आउने क्रममा छ, यद्यपि निर्वाचन आयोगबाट हालसम्म औपचारिक पत्र प्राप्त भइसकेको छैन । ढकालले निर्वाचन आयोगबाट एकीकरणको पत्र आएपछि लुम्बिनी प्रदेश सभामा आफूहरू नेकपा (एकीकृत समाजवादी) सँग समायोजन भएको जानकारी गराउने बताइन् ।
यता लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले संघीय सांसदमा उम्मेदवारी दिने व्यक्तिले प्रदेश सभा सदस्य पदबाट अनिवार्य राजीनामा दिनुपर्ने स्पष्ट पारेका छन् । उनले राजीनामा नदिए निर्वाचन आयोगले उम्मेदवारी दर्ता नगर्ने बताए ।
सचिव पुनले धर्मबहादुर चौधरी नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएको र प्रदेश सभाको अभिलेखमा सोही पार्टी कायम रहेकाले उनले पार्टी परित्याग गरेर उक्त पार्टीले कारबाहीका लागि निवेदन दिए उनको सांसद पद स्वतः खारेज हुन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
-
कर्णालीका मुख्यमन्त्रीले भने- प्रधानमन्त्री बालेनले इतिहासमा कसैले नबोलेको कुरा बोल्नुभयो
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण