कांग्रेस कसैले फोडेर फुट्दैन : मधु आचार्य
आइतबार, २७ पुस २०८२, १७ : २३
सारांश
- मधु आचार्यले विशेष महाधिवेशन बोलाएपछि गलत भाष्य स्थापित गर्न खोजेको आरोप लगाए।
- उनले महाधिवेशनले पार्टी नफुट्ने र चुनावमा असर नगर्ने दाबी गरे।
- आचार्यले विशेष महाधिवेशन नेपाली कांग्रेसका प्रतिनिधिहरूको सार्वभौम अधिकार भएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले नेपाली कांग्रेसले विशेष महाधिवेशन बोलाएपछि गलत भाष्य स्थापित गर्न खोजेको भन्दै महाधिवेशनले पार्टी पनि नफुट्ने र चुनावमा पनि असर नगर्ने दाबी गरेका छन् ।
आइतबार काठमाडौँमा सुरु भएको विशेष महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै आचार्यले यस्तो दाबी गरेका हुन् । विशेष महाधिवेशन नेपाली कांग्रेसका प्रतिनिधिहरूको सार्वभौम अधिकार भएको भन्दै उनले उपस्थित जनसागरकै कारण पार्टी थप एकताबद्ध हुने बताए ।
‘पार्टी विभाजित हुन्छ रे, निर्वाचनमा असर गर्छ भन्ने कुरा गलत हो । यो जनसागरले प्रमाणित गरेको छ । कांग्रेस कसैले फोडेर फोडिँदैन’, आचार्यको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण