विश्वप्रकाशको घोषणा : २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने पद्धतिकाे विकास गर्छाैँ
सारांश
- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताए।
- उनले कांग्रेसभित्र यस्तो प्रस्ताव यसअघि पनि उठेको र बेवास्ता गरिएको उल्लेख गरे।
- उनले ३४ वर्षमा ३० वटा सरकार बने पनि नागरिक सन्तुष्ट नभएको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर दुई पटक भन्दा बढी कसैले पनि प्रधानमन्त्री बन्न नपाउने निर्णय गर्ने बताएका छन् ।
भृकुटीमण्डपमा आइतबार सुरु भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।
‘हामी विशेष महाधिवेशनबाट प्रस्ताव पारित गरेर ल्याउँछौ । यो देशमा अब कांग्रेस भित्रको होस् वा बाहिरको होस् कसैले पनि दुई पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाउने पद्धतिको निर्णय गर्छौ’, महामन्त्री शर्माले भने ।
यस्तो प्रस्ताव कांग्रेसभित्र यसअघि पनि उठेको उल्लेख गर्दै बेवास्ता गरिएको बताए ।
उनले ३४ वर्षमा ३० वटा सरकार बनाएर नागरिक सन्तुष्ट छन् भनेर सोच्नु गलत हुने भन्दै नागरिक सन्तुष्ट हुन नसकेको बताए ।
सद्भाव, समुन्नत र सुशासन अब कांग्रेसको नीति हुने शर्माले बताए । उनले विशेष महाधिवेशनबाट कांग्रेस विभाजित हुन्छ कि भन्ने आशङ्का रहेको भन्दै कांग्रेस भएरै मर्न चाहेको बताए ।
‘कांग्रेसलाई टुक्राएर होइन, सिङ्गो कांग्रेसको नेतृत्व गर्ने गरी हामी अघि बढ्छौ’, शर्माले विश्वास दिलाउन खोजे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण