बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
कांग्रेस विशेष महाधिवेशन

कांग्रेस दास र लासहरूको पार्टी होइन : महामन्त्री थापा

कांग्रेस कुनै 'बा'हरूको पार्टी हाेइन, प्रश्न गर्न सक्ने पार्टी हाे
आइतबार, २७ पुस २०८२, १८ : ४६
आइतबार, २७ पुस २०८२

सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको बताए ।
  • उनले कांग्रेस ज्युँदो मानिसहरूको पार्टी भएको र प्रश्न गर्न सक्ने पार्टी भएको बताए ।
  • थापाले सभापति देउवालाई आराम गर्न र मार्ग प्रशस्त गर्न आग्रह गरे ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस लास र दासहरूको पार्टी नभएको दाबी गरेका छन् । 

आइतबार काठमाडौँमा सुरु भएको पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

‘कांग्रेस दास र लासहरूको पार्टी होइन,’ महामन्त्री थापाले भने, ‘कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ 

उनले कांग्रेस कुनै 'बा'हरूको पनि पार्टी नभएको भन्दै प्रश्न गर्न सक्ने पार्टी भएकाले कार्यकर्ताहरूको प्रयासले ज्युँदो कांग्रेस राख्ने प्रयास गरेको बताए । 

उनले महाधिवेशन चलिरहँदा सभापति देउवासहित केही नेताहरूबिच छलफल चलिहरेको भन्दै त्यहाँ दुई वटा महामन्त्रीले दु:ख दिइरहेको भनेर सुझाव दिएको हुनसक्ने भन्दै यसअघि पनि विभिन्न घटनामा सुझाव दिने पनि आफूहरू नै रहेको बताए । 

‘समय आएको छ, अब तपाईँले आराम गर्नुपर्छ, मार्ग प्रशस्त गर्नुपर्छ’, थापाले भने, ‘यसो भन्दै गर्दा मंसिरभित्र महाधिवेशन गर्नुस् भनेर कार्यवाहक दिएको होइन ?’ उनले देउवासँग माया गरेर नै छाड्न आग्रह गरे पनि घुम्नेहरूले देउवालाई माया नगरेको दाबी समेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप